१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डविरुद्धको रिटमा सुनुवाइ सकियो

२६ फाल्गुन २०७९, शुक्रबार ०७:५४

फागुन २६, काठमाडौँ | प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । न्यायाधीश ईश्वप्रसाद खतिवडाको इजलासमा रिट निवेदक पक्षको प्रारम्भिक बहस सकिएको हो । शुरूमा रिट निवेदक पक्षले मात्र बहस गर्न पाउँछन् ।

बहसमा सहभागी वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट'को विषय भएकाले प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताए । 'प्रहरीमा दर्ता भएर अनुसन्धान गर्नुपर्ने विषय छ । उहाँ (प्रचण्ड) आफैं प्रधानमन्त्री र गृहमन्त्री समेत हुनुहुन्छ । त्यसो हुँदा मुद्दाको अनुसन्धानमा असर पर्छ । उहाँले मार्गप्रशस्त गर्नुपर्छ,' वरिष्ठ अधिवक्ता श्रेष्ठले भने ।

उनले यसो भनिरहँदा न्यायाधीश खतिवडा हाँसेका थिए, तर कुनै प्रतिक्रिया दिएनन् । अर्का वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले यो विषयलाई संवैधानिक इजलासमा लैजान माग गरे । जवाफमा न्यायाधीश खतिवडाले आवश्यक परे '१० जनाको लार्जर बेन्च'मै पनि लैजान सकिने बताए । यस रिटमाथि वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, शिवकुमार यादव तथा निवेदक अधिवक्ता ज्ञानेन्द्र आरणले पनि बहस गरे ।

प्रहरी कार्यालयहरूमा जाँदा जाहेरी लिन नमानेकाले कम्तीमा जाहेरी दर्ता भएर अनुसन्धान होस् भन्ने आफूहरूको माग रहेको उनीहरूले बताएका थिए । सुनुवाइ सकिएपछि अहिले खाजा ब्रेक भएको छ । यस रिटका सम्बन्धमा कारण देखाऊ, रिट खारेजी वा अन्तरिम आदेश आजै आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस