Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 10, 2023 समाज

पोखरा विमानस्थलबाट सुरू भयो रात्रिकालिन उडान, बुद्धका चार जहाजले उडान गर्ने, यस्तो छ समयतालिका

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २६, पोखरा | पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मुलुकका विभिन्न चार गन्तव्यबाट बिहीबार (हिजो) देखि रात्रिकालीन उडान सुरू भएको छ ।

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो रातिदेखि चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको हो ।

बुद्धले काठमाडौं, भद्रपुर, भैरहवा तथा नेपालगञ्जबाट पोखरामा रात्रीकालिन उडान भरेको हो। यी चारै गन्तव्यका जहाजहरुले पोखरामै रात्री विसान गरेका छन्।

यी जहाज बिहानै सोही गन्तव्यका लागि उडेका छन् । कम्पनीका अनुसार बिहान पोखराबाट पुनः काठमाडौं, भैरहवा, नेपालगञ्ज तथा भद्रपुर उडान गरेका छन् ।

कम्पनीले रात्रीकालिन उडानको  लागि समय तालिका बनाएको छ। जसअनुसार काठमाडौं–पोखरा १९ः३५, पोखरा–काठमाडौं १७ल्३०, भद्रपुर–पोखरा१८ः५५, नेपालगञ्ज–पोखरा१९ः३० र भैरहवा–पोखरा १९ः२५ बजे उडान हुनेछ।

यसबाटसाँझको समयमा पोखरा आई केही दिनको बसाई तथा घुमफिरबाट एकाबिहानै ती गन्तव्यमा फर्कन सहज भएको छ । यस यसले आन्तरिकका साथै बाह्य पर्यटकहरुलाई सजिलो हुने बुद्ध एयरले जनाएको छ ।

आईएफआर उडान नहुँदा पोखराको उडान दिउँसो ४ बजेसम्म मात्र सीमित भएको थियो । अहिले काठमाडौंबाट ४ बजेपछि ३ उडान राखिएको छ । यसैगरी  पोखराबाट काठमाडौंको उडान साँझसम्म राखिएको छ।

बुद्ध एयरले काठमाडौंपछि पोखराबाट देशका विभिन्न गन्तव्यलाई सिधा उडान भर्ने योजना अनुरुप अहिले नेपालगञ्ज, भैरहवा, भद्रपुर र चितवनलाई जोडेको छ । आगामी दिनमा बजारको माग अनुसार अन्य गन्तव्यमा पनि विस्तार गर्ने बुद्ध एयरले जनाएको छ ।

यस्तो छ रात्रिकालीन उडानको समय

भद्रपुर–पोखरा साँझ ६ः५५ बजे

भैरहवा–पोखरा साँझ ७ः२५ बजे

नेपालगञ्ज–पोखरा साँझ ७ः३० बजे

काठमाडौं–पोखरा साँझ ७ः३५ बजे

हाल बुद्ध एयरसँग एटीआर–७२ जहाज ११ तथा एटीआर–४२ जहाज ३ वटा रहेको छ ।