नबिल बैंकले साउन १० देखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

Posted on: 18 Jul, 2021

साउन ३, काठमाडौं । नबिल बैंकले साउन १० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रति कित्ता १ हजार अंकित दरको ३ अर्बले हुन आउने  ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । 

जस मध्ये १८ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ भने १२ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्येबाट ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई बिक्रि हुनेछ।  ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ८ प्रतिशत ब्याज भुक्तान गर्ने छ ।  नेपाल धितोपत्र बोर्डले बैंकलाई जेठ ११ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।  ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

इच्छुक लगानीकर्ताले छिटोमा साउन १३ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन २४ गतेसम्म आवेदन दिन सक्ने छन्। आवेदन दिंदा न्युनतम २५  कित्ता र अधिकतमपुरै कित्ताको लागि आवेदन दिन सकिने छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!