घट्यो सुनचाँदीको मूल्य

Posted on: 18 Jul, 2021

साउन ३, काठमाडौं । साउन पहिलो दिन स्थिर रहेको सुन चाँदीको कारोबार मूल्यमा आइतबार भने गिरावट आएको छ। सुन तोलामा ६ सय र चाँदी २५ रूपैयाँ घटेको हो। 

आइतबारका लागि सुनको कारोबार मूल्य ९२ हजार ६ सय रूपयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार प्रतितोला ९३ हजार २ सय थियो। 

बढ्ने क्रममा ब्रेक लाग्दै चाँदी पनि प्रतितोला १२ सय ९५ भएको छ। शुक्रबार चाँदी १३ सय २० थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!