मैलुङ खोलाको आईपीओ बाँडफाँट, कसरी हेर्ने रिजल्ट ?

Posted on: 10 Aug, 2021

साउन २६, काठमाडौँ। मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आज असार २६ गते मंगलबार बिहान ९ बजे आईपिओ बाँडफांड गरेको हो ।  

कम्पनीको आईपिओमा कुल २० लाख ६७ हजार ९ सय ६७ जनाको आवेदन परेकोमा २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।  बाँकि रहेका २० लाख ६५ हजार १ सय २४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।   

जस अनुसार गोलाप्रथाबाट ६८ हजार ४ सय ७४ आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।   यी मध्ये ६ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता शेयर पाएका छन् ।  यस हिसाबमा आवेदन दिएका मध्ये १९ लाख ९९ हजार ४ सय ९३ जना आवेदक हात खाली भएका छन् ।   

कम्पनीले साउन १४ गतेदेखि आईपिओ निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारीको लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 

कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार मैलुङ खोलाको वेबसाइट https://mailungkhola.com,  बिकी प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट https://www.siddharthacapital.com, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । दिउँसोसम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!