मानुषी लघुवित्तको आइपीओ बाँडफाँट, ७ हजारको आवेदन रद्द

Posted on: 23 Aug, 2021

भदौ ७, काठमाडौं । मानुषी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज सोमबार बिहान आईपिओ बाँडफांड गरेको हो। 

कम्पनीको आईपिओमा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । २३ लाख ५४ हजार ७ सय ८४ जना आवेदक योग्य रहेकोले उनीहरुलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाबाट शेयर बाँडफांड गरिएको छ  ।

जस अनुसार गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता शेयर पाएका छन्  । ति मध्ये ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता शेयर पाएका छन्। यस हिसाबमा आवेदन दिएका मध्ये २३ लाख २४ हजार बढी आवेदक हात खाली भएका छन्  ।

कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com/, बिकी प्रबन्धक नेपाल एसबिआइ मर्चेन्टको वेबसाइट https://nsmbl.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । 

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । दिउँसोसम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले जनाएको छ । 

कम्पनीले साउन २७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारीलाई र जारी पुंजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६ सय ८८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!