सुनको मूल्यमा सामान्य वृद्धि

Posted on: 23 Aug, 2021

भदौ ७, काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, सुनको मूल्यमा प्रतितोला २ सय र चाँदीमा १० रुपैयाँ वृद्धि भएको हो ।

आइतबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि ९० हजार ६ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

त्यस्तै प्रतितोला १० रुपैयाँले बढेर चाँदी ११ सय ९० रुपैयाँ निर्धारणा भएको छ । आइतबार चाँदीको मूल्य ११ सय ८० रुपैयाँ रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!