सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

Posted on: 24 Aug, 2021

भदौ ८, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको जनाएको छ । आज सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुनको मूल्य ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोलामा १० रुपैयाँले बढेर तोलामा एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!