तेह्रथुम पावरको आइपिओ खुल्यो, भदौ १३ गतेसम्म आवेदन दिन सकिने

Posted on: 25 Aug, 2021

भदौ ९, काठमाडौँ । तेह्रथुम पावर कम्पनीले आज भदौ ९ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई स्थानीयको लागि आईपिओ निष्काशन गरेपछि सर्वसाधारणलाई शेयर खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई ८ लाख कित्ता सेयर निष्काशन गरेको हो जस मध्ये ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता शेयर सामुहिक म्युचुअल फण्डको लागि बाँडफांड गरिएको छ भने २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर १६ हजार कित्ता कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको ७ लाख ४४ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।

यस आईपिओमा छिटोमा भदौ १३ गतेसम्म र त्यस अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ६० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १० गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो ।

आयोजना प्रभावितहरुलाई ४ लाख कित्ता निष्काशन भएपछि सर्वसाधारणमा ८ लाख कित्ता सेयर बिक्रि हुन लागेको हो । कम्पनीले तेह्रथुममा ७.५ मेगावाटको अपर थोरुंगा खोला आयोजना निर्माण गरिरहेको छ भनेतेह्रथुम मै २ मेगावाटको अर्को आयोजना निर्माणको लागि सर्वेक्षण अनुमतिपत्र लिएको छ।

कम्पनीको अधिकृत पुंजी ४० करोड, जारि पुंजी ४० करोड र चुक्ता पुंजी २८ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ४० करोड पुग्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!