Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
  • अर्थ/विकास
  • राजनीति
  • समाज
  • विश्व
  • खेलकुद
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • अर्थ/विकास
  • विश्व
  • सूचना प्रबिधि
Search
  • Pages
    • Search Page
    • 404 Page
  • Pages
    • Search Page
    • 404 Page
  • Pages
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती
कृषि गतिबिधीपर्बत - PBTमुख्य समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

साझासवाल
Last updated: May 14, 2025 11:15 am
By
साझासवाल
Share
1 Min Read
SHARE

काठमाडौँ | मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती गरेको छ । पालिकाले क्याङमा आलुखेती थालेको हो ।

मोदी गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख अनमोल क्षेत्रीका अनुसार पहिलोपटक छ रोपनीमा परीक्षणका लागि गरिएको आलुखेती सफल भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नियुक्त भएका श्रमिकलाई परिचालन गरेर आलुखेती हो ।

व्यावसायिक आलुखेतीका लागि बीउ र मल खरिद गर्न पालिकाले रु ९५ हजार लगानी गरेको छभने प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकले उक्त खेती गरेका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम निष्प्रभावी भइरहेको गुनासो आइरहेका बेला पालिकाले कृषिजन्य उत्पादनमूलक क्षेत्रमा परिचालन गरेको क्षेत्रीले बताउनुभयो ।

मोदी गाउँपालिकाको वडा नं १, ३ र ४ आलु उत्पादनका लागि ‘पकेट’ क्षेत्र मानिन्छन् । लामो समयसम्म बाँझो रहेको जमिन उपयोग गरेबापत पहिलो वर्ष निःशुल्क जग्गा प्राप्त भएको र आगामी आर्थिक वर्षदेखि जग्गा भाडामै लिएर आलुखेती गर्ने योजना पालिकाको रहेको गाउँपालिका अध्यक्ष हीरादेवी शर्माले बताउनुभयो । उहाँले ५० क्विन्टलभन्दा बढी उत्पादन हुने अनुमान सुनाउनुभयो ।

पालिकाले हरेक वर्ष १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका बेरोजगार नागरिकलाई न्यूनतम एक सय दिनको रोजगारी प्रदान गर्दै आएको छ । उनीहरूलाई सडक मर्मत, गोरेटो तथा पदमार्ग निर्माण, सार्वजनिकस्थल, चौतारी, पोखरी, मठमन्दिर मर्मत तथा निर्माणलगायत काममा परिचालन गर्ने गरिएको छ ।

More Read

जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु
कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला
Share This Article
Email Copy Link Print
Previous Article मखनटोलमा लागेको आगो निभाइयो
Next Article बलात्कारपछि हत्या आरोपमा एक जना भारतीय भूपू सैनिक बागबजारबाट पक्राउ
© Sajha Sabal Media - 2026. All Rights Reserved.