बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु

Sajha Sabal
1 Min Read

काठमाडौँ | काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ। शनिबार बिहान आफ्नै घरमा शरीरमा आगो लगाएका राउतको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार पारिवारिक विवादपछि राउतले आज बिहान घरको भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए। घटनामा उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको थियो। यसअघि त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको पनि उपचारकै क्रममा शुक्रबार निधन भएको थियो।

यस्तै, सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Share This Article