Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: जाजरकोट

जाजरकोटमा बिरुवाबाट मनग्य आम्दानी

साउन १२, जाजरकोट  | जाजरकोट कुशे गाउँपालिका–५, दम्दालागाउँका युवा उद्यमी शिव मल्लले यस वर्ष नर्सरीबाट रु आठ लाख आम्दानी गर्नुभएको छ । पाँच वर्षअघि स्थापना गरेको प्रवीण हिउँदे तथा बर्खे फलफूल नर्सरी उद्योगबाट यो वर्ष उहाँले रु ७१ हजार फलफूलका बिरुवा बेचेर रु आठ लाख आम्दानी गर्नुभएको हो ।&nbsp

जाजरकोटका दलित समुदायका बालबालिकाले पढ्न पाएनन्

साउन ८, जाजरकोट (रासस) | ठुलीभेरी नगरपालिका–२ कुम्लीकर्प डोल्पाकी छायाँ विकले दैनिक दुनै आएर दाउरा बिक्री गरेर छोराछोरीको पढाइ खर्च चलाउँदै आउनुभएको छ । उहाँले दैनिक एक भारी दाउरा बिक्री गरेर रु ५०० कमाउँदै आउनुभएको छ ।

बिहानै उठेर छोराछोरीलाई खाना खुवाएर आफ्नो तौलभन्दा बढी क्षमताको दाउ

जाजरकोटमा सल्ली वन विनाश,जिल्ला समन्वय समितिको आपत्ति

असार ३१, जाजरकोट | समुदायिक वन समूह र समितिबीच मिलेमतो हुँदा यहाँका सामुदायिक वनमा रहेको सल्ली काठ सखाप भएको छ । 

अवैध खोटो सङ्कलन र मनोमानी ढङ्गले सल्ली काठ बिक्री वितरण हुँदा सल्ली वन विनाश भएको हो । करोडौँ मूल्यका सल्ली रुख धमाधम फँडानी हुँदा पनि सम्बन्धित निकाय भने मौन देखिएको

जाजरकोटमा जङ्गली च्याउ खाँदा सात बिरामी

असार २९, जाजरकोट |  जङ्गलबाट ल्याएको च्याउ खाँदा जाजरकोटमा सात बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका–१ सिल्पाचौर घर भई सदरमुकाम खलङगामा डेरा गरी बस्दै आएका ३८ वर्षीय शान्त बुढा, ३५ वर्षीय रत्न बुढा, २३ वर्षीय ओमप्रकाश बुढा बिरामी परेका छन् ।

यस्तै २६ वर

बाबुको मृत्यु, आमाको दोस्रो बिहेले तीन बालबालिकाको बिचल्ली

असार २९, जाजरकोट | बाबुको मृत्यु र आमाले दोस्रो विवाह गरेपछि जाजरकोटको बारेकोटमा तीन बालबालिका बिचल्लीमा परेका छन् । बारेकोट गाउँपालिका–५ कालाखोलीका १४ वर्षीय हीरा नेपाली, १२ वर्षीया मीना नेपाली र१० वर्षीय प्रविन नेपाली बिचल्लीमा परेका हुन् । उनीहरुलाई शिक्षादीक्षामा मात्र होइन, गाँसबासकै समस्या

प्रेम गर्नु पाप हो र ? एक्काइसौँ शताब्दीमा जातभातको कुरा गरेर सामाजिक बहिष्कार गरे

असार २६, जाजरकोट | अन्तरजातीय विवाह गरेका  जुनीचाँदे गाँउपालिका–५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योति शाह चार वर्षदेखि जिल्ला सदरमुकाम खलङ्गामा विस्थापित जीवन बिताइरहेका छन् ।

ठकुरीकी छोरी, दलितसँग विवाह गरेको भन्दै माइतीपक्षको धम्कीले उनीहरु विवाह गरेको चार वर्षसम्म पन

जाजरकोटमा चिर्पट प्रहार गरी आफ्नै काकाको हत्या

असार २५, जाजरकोट  | भेरी नगरपालिका–१३ कुदुमा भतिजाले प्रहार गरेको चिर्पट लागी काकाको मृत्यु भएको छ । 

मङ्गलबार बिहान स्थानीय गीता सुनारको घरमा ३५ वर्षीय मानबहादुर सुनारले ४५ वर्षीय मोहन विकलाई चिर्पट प्रहार गरी हत्या गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभ

जाजरकोटमा साठी वर्ष पुरानो कुवाको भरमा ६२ परिवार

असार २२, जाजरकोट | ६० वर्ष पुरानो कुवाको पानीको भरमा भेरी नगरपालिका–१ मैदेका स्थानीयवासी तिर्खा मेटाइरहेका छन् । भेरी नगरपालिका–१ मैदेमा विसं २०१६ मा बनेको पँधेरो, कुवा सञ्चालन गरेर दैनिक यहाँका ६२ घरधुरी किसान पानीको जोहो गर्दै आएका हुन् ।

 जिल्लामा बनेका खानेपानी आयोजनामध्ये दिगो

विकास निर्माणमा बालबालिकाको प्रयोग

असार २१, जाजरकोट । शुक्रबार बिहानै सिँचाइ डिभिजन कार्यालय र आशा कार्यक्रमको अनुगमनमा भेरी नगरपालिका ८, ९ लगायतका ठाउँमा  जिल्लाका सरकारी अधिकारी पुग्दा त्यहाँ स्कूले बालबालिका पढाइ खर्च जुटाउन एकनासले काम गरिरहेका थिए । 

उनीहरु असार १५ गते विद्यालय बन्द भएपछि पढाइ खर्च जुटा

जाजरकोटमा विद्यार्थीलाई राष्ट्रिय सेवा तालीम

असार १८, जाजरकोट | राष्ट्रका लागि सक्षम, अनुशासित, नैतिकवान र सिर्जनशील नागरिक उत्पादन गर्ने उदेश्यका साथ नेपाली सेनाले माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सय दिने विशेष प्रशिक्षण शुरु गरेको छ ।

‘राष्ट्रिय सेवा दल तालीम’नाम दिइएको सो प्रशिक्षणमा यहाँका त्रिभुवन माध्यमिक विद्यालय

जाजरकोटका दुई स्थानीय तहमा प्रहरी चौकी स्थापना

असार १५, जाजरकोट | सुरक्षा नभएको भन्दै स्थानीय सरकार सदरमुकामबाट चलाउँदै आएका जाजरकोटका दुई स्थानीय तहमा प्रहरी चौकी स्थापना भएको छ । बारेकोट गाउँपालिकाको केन्द्र, बारेकोट–२, लिम्सा र कुशे गाउँपालिकाको केन्द्र, कुशे–६, थर्पुभार्मामा अस्थायी प्रहरी कार्यालय स्थापना गरिएको हो ।

 यी स

पर्यटन प्रवद्र्धनका लागि संरचना निर्माण

असार ११, जाजरकोट (रासस) | पर्यटकीय धार्मिकस्थलको संरक्षण तथा  प्रवद्र्धनका लागि जिल्लाका विभिन्न ठाउँमा पर्यटन पूर्वाधार निर्माणकार्यको शुरुआत गरिएको छ ।  

पर्यटन विकासका लागि यस वर्ष जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकामा पदमार्ग, पर्यटन सडकलगायतका अन्य भौतिक संरचना निर्म