Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: पाल्पा

पाल्पामा मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु

साउन ९, पाल्पा  | पाल्पामा मोटरसाइकल चिप्लिएर आज एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ श्रीडाँडा ढुङ्गाखानी नजिकै मोटरसाइकल चिप्लिएर पल्ँिटदा घाइते भएका स्थानीय ३१ वर्षीय बुद्धबहादुर दर्लामीको बुटवल अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा दुई सातादेखि सडक अवरुद्ध

साउन ८, पाल्पा  | वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा जोखिम बढेको छ । विभिन्न स्थानमा खसेको पहिरोले घरगोठ बगाउने तथा पुरिने खतरा बढेको छ । 

मोटरबाटो चौडा गर्न डोजर लगाएपछि फोक्सिङकोटको रानीवासको लम्भार क्षेत्रमा पहिरो गएको छ । वर्षाले बस्तीदेखि तल रहेको बारीम

श्रमदानमा पक्की कुलो निर्माण

साउन ७, पाल्पा   | निस्दी गाउँपालिका–६ अर्चलेका स्थानीयवासीको श्रमदानमा ‘पक्की कुलो’निर्माण गरिएको छ । कच्ची कुलोले सिँचाइ सुविधा पु¥याउन कठिन परेपछि स्थानीयवासीले श्रमदान गरेर पक्की कुलो निर्माण गरेका हुन् । पार्कुला र चिदिबयाको बीच भागमा पर्ने बोगादी खोलामा बाँध बाँधेर ल्याइएको बोगादी

पाल्पामा व्यावसायिक साइलेज उत्पादन शुरु

साउन ७, पाल्पा  | पाल्पाको रामपुर नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने प्रविधिमा आधारित उद्योग सञ्चालन गरिएको छ । 

साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ ।

आठ वर्षीय छोरालाई सिक्रीमा बाँधेर दैनिकी गुजारा गर्दै

सुशीला रेग्मी | साउन ६, पाल्पा | आफूले जन्म दिएको बच्चालाई पशुजस्तै सिक्रीले बाँधेर राख्ने मन कुन आमालाई होला र ? तर यहाँका एक आमालाई आफ्नो आठ वर्षीय छोरालाई सिक्रीमा बाँधेर घरमा राख्ने र कामकाजका लागि अन्यन्त्र जानुपर्दा सिक्रीमै बाँधेर डो¥याउँदै लैजानुपर्ने बाध्यता रहेको छ । 

आफ्

पाल्पाको रामपुर नहर भत्कियो

सुशीला रेग्मी | साउन ३,  पाल्पा  | जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर भत्किएको छ । रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन हुँदै आएको यस नहर अहिले धान रोप्ने समयमा भत्किन पुगेपछि कृषक चिन्तित बनेका छन् । विभिन्न भागमा निर्माणकार्य भइरह

युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण

साउन १, पाल्पा  | तानसेन नगरपालिकाले युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण प्रदान गर्न थालेको छ । नगरपालिकाले वडा नं. ८ का श्रवणकुमार लम्साललाई पाँच लाखको सहुलियत कर्जा प्रदान गर्न ‘अफर लेटर’ प्रदान गरेको हो । लम्सालले नेपाल बैंकबाट रु पाँच नगद पाउनेछन् ।

 नगरपालिकाप्रमुख अशोककु

एक हजार शुल्क तिरेर खोला वारपार

असार २९, बेझाड । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुर

नवजात शिशु अस्पतालबाटै गायव

असार २८, पाल्पा | लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्नमा जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको छ । 

तानसेन नगरपालिका–९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घण्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बत

पाल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते

असार २४, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, देउराली नजिकै जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–५ की ७० वर्षीया भूमादेवी बुढाथोकी रहेकी छिन । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा बुढाथो

पूर्वखोलालाई कागती र सुन्तला क्षेत्र बनाइने

असार १९, रामपुुर । पाल्पाको पूर्वखोला गाउँपालिकालाई सुन्तला तथा कागतीखेतीको पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । स्थानीय कृषकलाई फलफूल खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले पकेट क्षेत्र विकास कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । 

यो कार्यक्रमअन्तर्गत गाउँपालिकाले क

बालविवाहका कारण विद्यालय छाड्न बाध्य बालिकाहरु

असार १८,  पाल्पा | पाल्पा पाल्पाको निस्दी गाउँपालिका–२ का १५ वर्षीया मनमाया (नाम परिवर्तन) विवाहको तयारीमा जुटेकी छिन् । सोही गाउँपालिका–२ स्थित बालहित माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत रहेकी ती किशोरी विवाहको तयारीमा पढाइ नै छाडिन् ।  

“घरमा बसेर पनि पढ्ने वातावरण