2026-09-13 03:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाको रामपुर नहर भत्कियो

सुशीला रेग्मी | साउन ३,  पाल्पा  | जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर भत्किएको छ । रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन हुँदै आएको यस नहर अहिले धान रोप्ने समयमा भत्किन पुगेपछि कृषक चिन्तित बनेका छन् । विभिन्न भागमा निर्माणकार्य भइरहेका बखत नहरमा एक्कासि ठूलो पानी छाडेकाले बन्दै गरेको पर्खाल भत्किन पुगेको हो ।

गत वैशाखको पहिलो हप्ताबाट मर्मतकार्य शुरु भएको मूल नहरको रजघरा क्षेत्रमा करीब ८० मिटर पर्खाल भत्किएको छ । समयमा निर्माण नगर्ने तथा आलटाल गरेर बस्ने, अन्तिममा आएपछि ठेक्का आह्वान गरेर काम गराउने परिपाटीले काम पूरा गर्ने समयको अभावले नहर क्षति हुन पुगेको स्थानीय पिताम्बर गौतमले बताउनुभयो ।

“बजेट नै ढिला निकासा गर्ने, ठेकेदारले त काम गरिरहेका छन् तर पर्खाल ढलान गरेपछि एक–दुई दिन पनि पूरा सुक्न नपाउँदै ह्वात्तै पानी सञ्चालन गरिएकाले नहर भत्किन पुगेको छ” उहाँले भन्नुभयो । प्रदेश नं ५ भौतिक तथा पूर्वाधार मन्त्रालयमार्फत रु १० करोड बोलपत्र आह्वान भएकामा रु सात करोड ४१ लाखको लागतमा नहर मर्मतको कार्य शुरु भएको हो ।

मूल नहरको दुई हजार ८०० मिटर बढी आरसीसी पर्खालसहितको ढलान, तीन हजार ३०० मिटर बढी शाखा नहरको मर्मतका लागि छ शाखामा विभाजन गरी तीन निर्माण कम्पनीले खुला प्रतिस्पर्धाबाट रु सात करोड ५१ लाखमा ठेक्का लिएर काम गरिरहेका छन् । मूल नहरको ६६० मिटरको शाखा नं २, ७९१ मिटर शाखा नं ४ र साना कल्भर्टसहितको शाखा नं ६ र ७ ब्रदर्श कन्ट्राक्टिङ एण्ड कन्स्ट्रक्सनले जिम्मा लिएर मर्मतको काम गरेको हो ।शाखा नं ३ को मूल नहर ६६० मिटर शिव खिम्ती कन्स्ट्रक्सनले र शाखा नं ५ को ७०८ मिटर डी कैलाश कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको थिए । तीमध्ये शाखा नं ४, ६ र ७ को निर्माणकार्य समयमै सम्पन्न भइसकेको छ भने शाखा नं २, ३ र ५ को ५५१ मिटर बढी निर्माणकार्य सम्पन्न हुन बाँकी रहेको छ । पानीले असार अन्तिममा काम भएको शाखा नं २, ३ र ५ को ८० मिटर आरसीसी पर्खाल ढलाएको छ ।

असारको अन्तिमसम्म काम गरेका निर्माण व्यवसायीले पनि नहरमा व्यवसायीसँग सल्लाह नै नगरी पानी एक्कासि ठूलो पानी छाड्नाले समस्या भएको ब्रदर्श कन्ट्राक्टिङ एण्ड कन्स्ट्रक्सन प्रालिका समशुलहक मियाँले बताउनुभयो । “साउन १ गतेदेखि तीन चरण गरेर पानी छाड्ने समितिसँग कुरा भएकामा एक्कासि एक मिटर २० सेमीको उचाइसम्म पानी छाड्दा भर्खर ढलान भएको पर्खाल थेग्न नसकेर भत्कन पुग्यो”,उहाँले भन्नुभयो ।

निर्माणकार्य सम्पन्न हुन बाँकी रहेकाले अहिले भत्केका संरचना र निर्माण गर्न बाँकी भाग बाली भित्र्याएपछि शुरु गरिने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख श्रीधर भट्टराईले बताउनुभयो । धान रोप्न कृषक आत्तिएपछि काम नसकिँदै पानी सञ्चालन गर्दा भत्किन पुगेको उपभोक्ता समितिका अध्यक्ष हिरण्यराज रेग्मीले बताउनुभयो ।“नहरमा साउन १ गतेदेखि नियमित पानी सञ्चालन भइरहेको छ, अहिले तत्काललाई निर्माणकार्य नगरे पनि पानी आउँदैन कि भनेर डराउनुपर्ने अवस्था छैन”,उहाँले भन्नुभयो ।  घाँचतिरको भागमा बनाउँदै गरेको पर्खाल भत्केकाले आत्तिहाल्नु नपर्ने उहाँको भनाइ छ । साविक रामपुर, दर्छा र खालिवन गाउँ विकास समितिका तल्लो क्षेत्रमा रहेका जमीनलाई सिँचाइ गर्नका लागि ठूलो लगानीमा नहर निर्माण गरिएको हो ।

साविक दर्छा गाविसको ओइरेघाटमा बाँध बाँधेर निस्दीखोलाको पानीलाई सिँचाइका लागि ल्याएपछि बाँझिएका जमीन सदुपयोगमा आएका छन् । रु पाँच करोडको लागतमा विसं २०४१ मा निर्माणकार्य शुरु भई ०४६ मा पूरा भएपछि नहर सञ्चालनमा आएको हो । झण्डै २२ किमी लम्बाइ रहेको यस नहरबाट तीन हजार ९१० घरपरिवारको ७७० हेक्टर क्षेत्रफल जमीन सिञ्चित हुने गरेको छ । अहिले भने पुनःनिर्माणको सर्वेक्षण गरेपछि सिञ्चित क्षेत्रफल एक हजार २०० पुगेको छ ।

यस नहरबाट यहाँका १९ हजार ९२१ जनसङ्ख्या लाभान्वित भएका छन् । यो नहर मर्मतसम्भारका लागि समय–समयमा बजेट आइरहेपनि पूर्णरूपमा सुधार नहुँदा उपभोक्ताले सास्ती खेप्दै आइरहेका छन् । मूल नहरबाट पाँच शाखा र ४१ उपशाखा रहेको छ । नहरबाट सिञ्चित क्षेत्रफल घट्दो र मालपोत कार्यालयबाट लगत कट्टा  हुने क्रम बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन