२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मण्डल परिवारलाई जापानबाट सहयोग

२०७३, १ चैत्र मंगलवार ०३:५०

चैत १, जापान (टोकियो) । चरम गरिबी र स्वास्थ्य समस्याले पीडित सप्तरीको एक परिवारलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । 

गरिबी र आँखा नदेख्ने भएर खान–लाउन समस्यामा परेका सप्तरीको गम्हरियाका शिवनारायण मण्डल परिवारलाई राहतस्वरुप जापानमा सङ्कलन भएको रकम सहयोग गरिएको हो । 

जापानमा पीडितका नाममा एक महिनाअघि देखि सहयोग अभियान चलाइएको थियो । अभियानअन्तर्गत दिनमा एक हजारदेखि पाँच हजार येनसम्मका सहयोगी हात बढ्दै गएर सङ्कलन भएको रकम एकलाख १४ हजार चारसय ६६ जापानी येन पठाइएको अभियानकर्ता शिव तण्डुकारले जानकारी दिनुभयो । 

सोह्र सदस्यमध्ये पाँचजनाले आँखा नदेख्ने मण्डल परिवार गरिबीका कारण स्वास्थ्य तथा शिक्षाबाट वञ्चित मात्रै नभएर खानलाउनसमेत अपुग भई सङ्घर्ष गर्दै आएको छ । मण्डल परिवारलाई सहयोग गर्ने उद्देश्यले नेपालमा हास्यकलाकार कुमार कट्टेल (जिग्री)ले सुरु गरेको सहयोग अभियानमार्फत एकलाख १४ हजार चारसय ६६ जापानी येन पठाइएको तण्डुकारले बताउनुभयो । 

नेपालका विभिन्न सञ्चारमाध्यममा गरिबीले ठगेको मण्डल परिवारका पाँचजनालाई आँखाको समस्या भएपछि परिश्रम गरेर खान र लगाउनसमेत मुस्किल भएको देखाइएको थियो । पीडित परिवारलाई थोरै भए पनि राहत होस् भन्ने अभिप्रायले अभियान चलाइएको थियो । 

रकम प्राप्त गरेपछि सोमबार नेपालका अभियानकर्ता कट्टेलले विश्वभरिबाट सहयोग आउने क्रम जारी रहेको र सहायोगी हातबाट आएको रकमले मण्डल परिवारको उपचार र गरिबी उन्मूलन कार्यमा खर्चने बताउनुभएको छ । जापानमा सङ्कलन भएको रकम जापान मनी एक्सप्रेसबाट पठाइएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ