Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अब सवारी लाइसेन्स निकाल्न जम्मा ६ महिना कुरे पुग्छ !

By साझासवाल 5 मिनेट पढाइ

अनिल अधिकारी | कात्तिक २६, काठमाडौँ | अब सवारी लाइसेन्स निकाल्न जम्मा ६ महिना मात्र ! पक्कै पनि यो दु:खको कुरा हो । तर वास्तविकता यस्तै छ, ‘स्मार्ट लाईसेन्स’ को लागि यातायात कार्यालय एकान्तकुनाले ६ महिनामा मात्र लाइसेन्स दिने गरि काम गर्ने गरेको छ ।

यातायात कार्यालयमा पांच महिना अघिनै लाइसेन्स नवीकरण गराएका काभ्रेका रामकृष्ण श्रेष्ठले अहिलेसम्म आफ्नो लाइसेन्स पाउन सकेका छैनन् । त्यसो त हामी आफै यस बिषयमा जानकारी लिन यातायात कार्यालय एकान्तकुनामा पुगेका थियौं । लाइसेन्सको लागि सबै प्रक्रिया पुरा गरि राजश्व समेत तिरेपछी जो कोहीले पनि 'अब लाइसेन्स लिन कहिले आउने ?' भनेर सोध्ने हो भने त्यहाँका कर्मचारीले सिधै भन्ने गर्छन 'छ महिना पछी आउनुस् ।'

त्यसो त स्मार्ट लाइसेन्स आएलगत्तै पनि यातायात कार्यालयले झन्डै एक महिना भन्दा बढी समय लगाएर लाइसेन्स वितरण गर्ने गरेको थियो । जुन प्रक्रिया अब अझै बढेर ६ महिना पुगेको छ । त्यसो त यातायातकै अधिकारीहरुले पाँच वर्षभित्र सेवाग्राहीको मागअनुसार विद्युतीय सवारी चालक अनुमति पत्र ‘स्मार्ट कार्ड’ उपलब्ध गराइसक्ने योजना कार्यान्वयनमा कठिनाइ भएको बताउने गरेका छन् ।

यातायात कार्यालयले मागे अनुसार कार्ड नछापिँदा सेवाग्राही प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यता छ । जसको कारण निकै समय कुर्नुपर्ने समस्या छ । यातायातको पछिल्लो तथ्यांक अनुसार सबै प्रक्रिया पुरा गरि राजश्व समेत तिरेर लाइसेन्स कुरेर बस्नेको शंख्या १ लाख पुगेको छ । ‘स्मार्ट कार्ड’छाप्ने  विभागको केन्द्रीय कार्यालय मीनभवनले मागे अनुसारको कार्ड छाप्न सकेको छैन । तीनवटा उपकरणले कार्ड छाप्छन् तर पनि माग बमोजिम आपूर्ति भएको छैन ।

यातायात कार्यालयले केहि महिना पहिलेसम्म २/३ महिनाभित्र लिन आउनु भनेर सेवाग्राहीलाई पठाउने गरेको भएपनि कार्ड छापिएर नआएपछी सर्वसाधारणको आक्रोश र आफ्नो कार्ड आए/नआएको भन्दै सोध्न फोन गरेर हैरान पारेपछि सेवा छिटो दिनुको सट्टा ६ महिनामा आउनु भनेर पठाउने गरेको यातायात कार्यालयका एक कर्मचारीले बताए । 'छ महिनामा आउनु' भनेर पठाएपछी छ महिनासम्ममा कार्ड आउने सम्भवना हुने उनको भनाई छ ।