२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सोमबार सेयर बजारमा उल्लेख्य गिरावट

२०७४, ८ माघ सोमबार १०:५४

माघ ८, काठमाडौँ । सोमबार सेयर बजार सामान्य ०.५८ अंकले घटेर १४०२.०९ अंकमा कायम भएको छ । 

आइतबारको तुलनामा कारोबार रकममा उल्लेख्य गिरावट आएको छ । आइतबार आधा अर्बमाथिको कारोबार भएको बजारमा सोमबार ३६ करोडको मात्रै कारोबार भएको छ । 

दिनभरिमा १६३ वटा कम्पनीको नौ लाख ५४ हजार छ सय ३० कित्ता सेयर तीन हजार नौ सय ३३ पटक खरिदविक्री हुँदा ३६ करोड ६४ लाख ३० हजार नौ सय ३४ रुपैयाँको सेयर कारोबार भएको हो ।

कुल कारोारमध्ये, सानिमा माई हाइड्रोको सबैभन्दा धेरै पाँच करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । नेको इन्स्योरेन्सको साढे दुई करोड, फस्र्ट माइक्रोफाइनान्सको दुई करोड तथा सनराइज बैंक प्रोमोटर र नविल बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

कालिका माइक्रोक्रेडिट, सानिमा बैंक, नेपाल बैंक, कृषि विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्सको क्रमशः ९७ लाख, ८३ लाख, ७८ लाख, ७५ लाख र ७१ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ । 

कामना सेवा विकास बैंक र विशाल बजार कम्पनीका सेयरधनीले सात प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । रिडी हाइड्रो, मन्जुश्री फाइनान्स, कन्काई विकास बैंक, सानिमा माई हाइड्रो, एक्सेल डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, सूर्योदय लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, बेष्ट फाइनान्स र ग्लोबल आईएमई समुन्नत स्किमका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । कुबेर मर्चेन्ट फाइनान्स, तिनाउ विकास बैंक, एभरेष्ट इन्स्योरेन्स, सिन्धु विकास बैंक, अरुण फाइनान्स, पोखरा फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, एनएमबि हाइब्रिड फण्ड लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी