Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

नेप्से परिसुचकमा आइतबार सामान्य गिरावट

By साझासवाल

काठमाडौं, माघ २१ । साताको पहिलो दिन आइतबार नेप्से परिसुचकमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से परिसुचक १ दशमलव ०१ अंकले घटेर १ हजार ४ सय १० दशमलव ५१ को बिन्दुमा कारोबार बन्द भएको छ । कारोबार भएका अधिकांश सूचक घटेसँगै समग्र बजार पनि घटेको छ ।

यस दिन कारोबार भएका दश समूहमध्ये बैंकिङ, विकास बैंक र अन्य बाहेकका सबै समूहमा गिरावट आएको छ । जसमध्ये बीमा समूह सबैभन्दा बढी ३५ दशमलव ९८ अंकले घटेको छ । त्यस्तै होटल समूह ३२ दशमलव ८२ अंकले, उत्पादन तथा प्रशोधन समूह १५ दशमलव ७९ अंकले र जलविद्युत समूह १४ दशमलव ५९ अंकले घटेका छन् ।

परिसुचक सामान्य झरेपनि बिहीबारको तुलनामा कारोबार रकम भने केही बढेको छ । गतसाताको अन्तिम कारोबार बिहीबार ४१ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको बजारमा आइतबार १६३ कम्पनीको ४६ करोड ६४ लाख ९० हजार ७४८ रुपैयाँको शेयर किनबेच भएको छ । जसमध्ये नेपाल बैंकको शेयर सबैभन्दा बढी किनबेच भएको छ । बैंकको ७ करोड १९ लाख ७२ हजार रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।

त्यस्तै कुमारी बैंकको २ करोड ९७ लाख रुपैयाँ, नबिल बैंकको २ करोड १७ लाख रुपैयाँ, सानिमा माइ हाइड्रो पावरको २ करोड १५ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ ।

आज सर्वाधिक कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ता रहेका छन् । यो कम्पनीको शेयर मूल्य ५ दशमलव ६६ प्रतिशतले बढेको छ । त्यस्तै समता माइक्रोफाइनान्स ४ दशमलव ९८ प्रतिशतले बढेको छ । त्यस्तै गुमाउनेमा भने जानकी फाइनान्सका शेयरधनी रहेका छन् । कम्पनीको शेयर मूल्य ६ दशमलव ४८ प्रतिशतले घटेको छ । त्यस्तै एफपीओ जारी गरेको बुटवल पावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३१ रुपैयाँ अर्थात ५ प्रतिशत झरेको छ ।