पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २०,काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ललितपुरको पुल्चोकमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका अध्यक्ष श्री प्रदीपजंग पाण्डेज्यूले आईतबार शाखाको उद्घाटन गर्नु भएको हो । समुद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराएका थिए । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

उक्त शाखाको समुद्घाटन संगै हाल कम्पनीले अधिराज्यभर ३५ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवनबीमा सेवा केन्द्रहरु मार्फत अत्याधुनिक प्रविधिद्वारा ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले सबै

थरीका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना गा्रहकवर्गलाइ जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

अधिकृत पुंजी रु. ३.० अर्ब र जारी पुंजी रु.२.५० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु. १.७५ अर्ब चुक्ता पुंजी रहेको यस कम्पनीले निकट भविष्यमा रु.७५ करोडको सर्व साधारणको लागी शेयर जारी गरी चुक्ता पुंजी

रु.२.५० अर्ब पुर्याउने कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा जनाईएको छ ।