जेठ १४ काठमाण्डौ | आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ।
आइतबार प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज घटेर प्रतिलोला ५८ हजार ७ सयमा कारोबार भैरहेको छ।
त्यस्तै तेजावी ५८ हजार ४०० सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ |
चाँदीको मूल्य आज स्थिर रहेको छ। चाँदी प्रतितोला ७ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ।