पढ्न करिब 1 मिनेट लाग्छ

असार १, धनगढी । प्रदेश ७ सरकार २५ अर्ब ६ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले शुक्रबार प्रदेशसभामा २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट पेश गरेका हुन् । चालुतर्फ १३ अर्ब ३५ करोड ८ लाख १ हजार र पुँजीगततर्फ ११ अर्ब ७१ करोड ४८ लाा १३ हजार बजेट विजियोजन गरिएको छ ।

प्रदेश सरकारले ४९ करोड ३० लाख आन्तरिक राजश्व संकलनको लक्ष्य लिएको छ ।केन्द्र सरकारले दिएको वित्तीय समानीकरण अनुदान र चालु आर्थिक जर्गाको विनियोजनबाट बचत हुने गरी ८ अर्ब ४७ करोड ४६ लाख ५३ हजार छ ।

राजश्व बाँडफाँटबाट आउने ७ अर्ब ५७ करोड १ लाख ६१ हजार र सर्शत अनुदानबाट प्राप्त हुने ६ अर्ब ३२ करोड ७८ लाख र समपुरक अनुदान २ अर्ब र विशेष अनुदानबाट २० करोड प्राप्त हुनेछ ।