२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँको बजेट तेह्र अर्ब, कहाँ कति बिनियोजन ?

२०७५, १० असार आईतवार २३:४२

असार ११, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको छ । 

कामपाले आइतबार आयोजना गरेको नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख हरीप्रभा खड्गी (श्रेष्ठ)ले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । 

बजेटको स्रोतमा आन्तरिक आयतर्फ रु चार अर्ब ९० करोड २१ लाख ५७ हजार, बाह्य स्रोतबाट रु पाँच अर्ब १९ करोड र अन्य स्रोतबाट रु एक अर्ब चार करोड ११ लाख अनुमान गरिएको छ । 

त्यसैगरी वडास्तरमा पूर्वाधार निर्माणमा रु तीन अर्ब छ करोड २५ लाख, कार्यालय सञ्चालन र प्रशासनिक खर्चका लागि रु एक अर्ब ९३ करोड, शिक्षामा रु एक अर्ब १० करोड ४६ लाख र हनुमानढोका–स्वयम्भू जोड्ने पदमार्ग निर्माण र ढुंगेधारा संरक्षणमा रु ५१ करोड ६७ लाख विनियोजन गरिएको छ । 

कामपाले भवन निर्माण र सवारी सधान तथा अन्य सम्पत्ति खरिदमा रु दुई अर्ब ३६ करोड एक लाख, मोनोरेल, विद्युतीय बस, फ्लाइ स्काई ब्रिज, सार्वजनिक शौचालयलगायतको पूर्वसम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न रु १५ करोड १० लाख बजेट छुट्याइएको छ । 

चालू आवको तुलनामा आगामी आवको बजेट रु एक अर्वले बढी हो । कामपाले चालू आव २०७४/७५ का लागि रु १२ अर्ब ८७ करोड ८९ लाख ४७ हजार विनियोजन गरेको थियो । चालू आवको वैशाख मसान्तसम्ममा रु तीन अर्ब २८ करोड ८४ लाख ७ हजार खर्च गरेको छ । जुन अनुमानित खर्चको २५ दशमलव ५३ प्रतिशत हो । 

त्यसैगरी चालू आवमा रु १२ अर्व ८७ करोड ९४ लाख राजस्व संकलनको लक्ष्य राखेकामा आन्तरिकतर्फ रु पाँच अर्व ४८ करोड १६ लाख र बाह्य स्रोतबाट रु सात अर्ब ३९ करोड ७८ लाख असुली गर्ने लक्ष्य लिएको थियो । चालु आवको वैशाख मसान्तसम्ममा आन्तरिक आयतर्फ रु एक अर्ब ५९ करोड ७३ लाख र बाह्यतर्फ दुई अर्व ७४ करोड ५१ लाख गरी कूल रु चार अर्ब ३४ करोड २४ लाख राजस्व असुल गरिएको छ । यो अनुमानित आम्दानीको ४२ दशमलव २७ प्रतिशत हो । 

चालू आवमा घरबहाल कर असुल गर्ने नीति स्पष्ट नभएको, ठूला करदातालाई करको दायरामा ल्याउन नसकेको, स्थानीय तहको कार्यक्षेत्र संविधानले स्पष्ट गरेपनि आवश्यक कानून समयमै तर्जुमा हुन नसकेको र करदाताको यथार्थ विवरण संकलन गर्न नसकेको कारणले गर्दा अपेक्षित राजश्व हासिल गर्न नसकिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी