Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढ्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २०, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले मूल्य बढाएको हो ।

खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य लिटर १ रुपैयाँले बढेर ११२ रुपैयाँ भएको छ भने  डिजेल र मट्टतिेलको मूल्यमा क्रमश: ३/३ रुपैयाँले बढेर ९८ रुपैयाँ पुगेको छ ।