२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाहिरी चक्रपथको रुट परिवर्तन हुँदै, भूमाफिया र जग्गा किन्नेलाई तनाब !

२०७५, २६ भाद्र मंगलवार ०८:४३

भदौ २६, काठमाडौँ | बाहिरी चक्रपथको रुट परिवर्तन हुने भएपछी भूमाफियाहरुको मेख मर्ने भएको छ । बाहिरी चक्रपथ निर्माण हुने रुटका जग्गाहरु भूमाफियाहरुले कब्जा गरेपछि चक्रपथको रुट नै परिवर्तन हुने भएको हो । 

भूमाफियाहरुले चक्रपथ आउने भए पछी तोकिएका स्थानमा मुआब्जा बढी लिने र महंगो मूल्यमा जग्गा बेच्न भूमाफियाहरुले बाहिरी चक्रपथमा पर्ने अधिकांश जग्गाहरु खरिद गरी टुक्रा-टुक्रा पारेपछि पहिले तोकिएको रुटनै सर्ने सम्भावना भएको हो । भूमाफियाहरुले तीन आना र त्यसभन्दा कमको आठ हजार भन्दा बढी टुक्रा पारेका छन् । उक्त टुक्राहरु खरिद गर्दा सरकारको खर्बौ रुपैंया फजुलमा तिर्नु पर्ने भएकोले रुट परिवर्तन गर्न लागिएको शहरी विकास मन्त्रालयले जनाएको छ । 

बाहिरी चक्रपथका लागि पर्ने जग्गाहरु भूमाफियाले कब्जा गरेपछी महँगो मुआब्जा तिर्नु भन्दा रुट नै परिर्वतन गर्नु उत्तम बिकल्प देखिएको हो, जसको लागि छलफल भइरहेको छ । कुल ७२ किलोमिटरमध्ये पहिलो चरणमा निर्माण गर्ने भनिएको चोभार–गाम्चा–सतुङ्गलको ६ दशमलव ६ किलो मिटर खण्डमा जग्गा कित्ताकाटको समस्या पुनः बल्झिएपछि अन्य क्षेत्रका विषयमा पनि अध्ययन गरिएको छ ।


गत वैशाख ४ गतेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणमा निर्माण हुने चोभार–गाम्चा–सतुङ्गल खण्डको डीपीआर स्वीकृत गरेको थियो । आयोजनाले मन्त्रिपरिषद्को स्वीकृतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीको १ सय दिनको कार्यावधि पुगेको दिन पारी आयोजना अन्तर्गतको ‘चोभार–सतुङ्गल’ खण्डको निर्माण कार्य शुरू गर्ने तयारीसमेत गरेको थियो । तर, अहिले सोही क्षेत्रमा साना–साना कित्ताका जग्गाहरू बढी भएको भन्दै मन्त्रालयले निर्माण प्रक्रियालाई रोकेर रुट परिर्वतन बारे निर्णय गर्न लागेको छ ।

भूमाफियालाई टाउको दुखाई  

भूमाफियाहरुले चक्रपथ आउने भए पछी तोकिएका स्थानमा मुआब्जा बढी लिने र महंगो मूल्यमा जग्गा बेच्ने क्रम जारी राखेकाले अब चक्रपथ पुग्ने भनिएको स्थानमा चक्रपथनै पुग्ने हो कि होइन भन्ने आशंका उत्पन्न भएको छ । भूमाफियाहरुले चक्रपथ आउने भने पछी तोकिएको स्थानहरुमा जग्गाको भाउ समेत ह्वात्तै बढाएका छन् भने जग्गा किन्नेहरुले पनि बिभिन्न प्रलोभनमा परि महँगो मूल्यमा जग्गा किन्ने गरेका छन् । 

मन्त्रालयको निर्णय संगै अब पहिले तोकिएको स्थानमा प्रलोभनमा परेर जग्गा किन्ने जग्गाधनी र भू माफियाहरुलाई तनाब सृजना भएको छ । चक्रपथ पर्ने भनिएको स्थानहरुबाट भूमाफियाकै कारण  चक्रपथ सर्ने भएपछि जग्गा किनवेचमा समेत अन्यौलता सुरु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ