२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आइएमईको दशैंमा बिस लाख योजना सार्वजनिक

२०७५, ६ आश्विन शनिबार १५:२७

असोज ६, काठमाडौं । नेपालको रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना २०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु हुनेछ भने योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्नुहुनेछ ।

आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहनुभएका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी यो प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको हो । योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत रू.१००० को बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१०,००० नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू. १ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रू. २० (बिस) लाख नगद प्रदान गरिनेछ । नेपाली समुदायमा मनाइने विभिन्न सांस्कृतिक पर्वहरूमा आफ्ना लाखौँ सेवाग्राहीहरूको भावनालाई मध्यनजर गर्दै यस्ता प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्ने परम्परा आइएमईले आफ्नो स्थापना कालदेखि नै गर्दै आइरहेको छ ।   

‘लक्की ड्र’ बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिस बमोजिम नेपालमा बस्नुहुने आफन्तलाई समेत पुरस्कार प्रदान गरिनेछ । सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनुहुने छैन । विजेताले प्राप्त गर्ने पुरस्कार राशीमा नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टी गरिनेछ । योजनाको सर्वाधिकार यस कम्पनीमा निहित हुनेछ । विस्तृत जानकारी कम्पनीको आधिकारिक वेवसाइट, सामाजिक संजाल, सहकार्यमा रहेका एजेन्ट साझेदार, क्षेत्रीय सम्पर्क कार्यालय एवम् प्रतिनिधि, विदेशस्थित सम्बन्धित कार्यालय, केन्द्रीय कार्यालय एव संचार माध्यममार्फत् प्राप्त गर्न सकिनेछ । 

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८१ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दु:ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ