२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

असारे विकास: बाइस दिनमै भत्कियो सडकको ढलान

२०७५, ८ आश्विन सोमबार ११:१७

पूर्णप्रसाद मिश्र | असोज ८, काठमाडौँ | असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छन् । 

गत असार २ गते झमझमी पानी पर्दै थियो । यस्तै बेलामा गोकर्णेश्वर नगरपालिका––८ स्थित आरुबारी ओरालोबाट नेपाल मेडिकल कलेज हुँदै माकालबारी निस्कने सडक ढलान गरियो । केही स्थानीयवासीले पानी परेको समयमा सडक ढलान नगरौँ भनेका थिए । नगरपालिकाले गठन गरेको उपभोक्ता समितिले कसैको कुरा नसुनी ओरालाको सो सडक ढलान गर्यो । 


असार २ गते ढलान गरिएको उक्त सडक असार २४ गते नै भत्किएर डण्डी देखिएको मेडिकल कलेजको अत्तरखेलचोकमा २५ वर्षदेखि फलफूल पसल चलाउँदै आउनुभएका माया तामाङले बताउनुभयो । “निस्किएको डण्डी ठाडो भई धेरैपटक दुर्घटना भइसकेको छ, यस सम्बन्धमा उपभोक्ता समिति र वडा कार्यालयलाई पटक÷पटकभन्दा पनि नसुनेपछि हामी आफैँले डण्डी काट्यौँ, यो सडकको तीन ठाउँमा डण्डी ठाडो भएर दुर्घटनाको जोखिम बढेको छ”–उहाँले भन्नुभयो । 

नगरपालिका र मेडिकल कलेजको सक्रियतामा सो सडक ढलान गरिएको हो । सडक ढलानका लागि नगरपालिकाबाट रु १६ लाख विनियोजन गरिएको प्रवक्ता एवं ८ नं वडाध्यक्ष मनोजकुमार ढङ्ुगानाले बताउनुभयो । बीच सडकमा डण्डी ठडिएर दुर्घटनाको जोखिम बढेपछि एकपटक मेडिकल कलेजकै कर्मचारीले आएर काटे । गुणस्तरीय निर्माण सामग्री नहाली ढलान गरिएको, पानी पर्दै गर्दा ढलान गरिएको र ढलान गरेको एक हप्तामै बाटो खोलिएकाले २२ दिनमै सडक जीर्ण बनेको हो । मेडिकल कलेजले सामान लैजान एक हप्तामै बाटो खोलेको हो । 


मेडिकल कलेजका अस्पताल निर्देशक राजेशकिशोर श्रेष्ठ सम्पर्कमा आउन चाहनुभएन । सो क्षेत्रमा बस्ती बढेसँगै वर्षाद्मा परेको पानीको भेल आरुबारीबाट वाग्मतीतिर जाने खहरेलाई सडकका रुपमा विकास गरिएको थियो । पानी परेका बेला सो सडकमा ठूलो भेल आउँछ । सडकको एकातिर नाली बनाइए पनि अर्कोतिर छैन । एकातिरको नाली मेडिकल कलेजले नै पुरेको स्थानीयवासी बताउँछन् । 

कलेजले चोकमा राखेको बत्ती पनि नबल्ने भएकाले राति आकस्मिक सेवामा अस्पतालमा आएका सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । पानी परेपछि सेफ्टी ट्याङ्की पनि सडकमै बग्ने गरेको छ । यसरी बगेको सेफ्टी ट्याङ्कीसहितको ढल सिधँै वाग्मती नदीमै मिसिन्छ । सडक ढलानका लागि दुई उपभोक्ता समिति गठन गरिएको थियो । अत्तरखेल–सुन्दरीजल मूल सडक माथितिर र तलतिर गरी दुई समिति गठन गरिएको वडाध्यक्ष ढुङ्गानाले बताउनुभयो । 

माथिल्लो भागको उपभोक्ता समिति अध्यक्ष सुजीतसिंह ठकुरी मेडिकल कलेज र वडाध्यक्षको दबाबमा पानी परेका बेला ढलान गर्दा सडक भत्किएको दाबी गर्नुहुन्छ । माथिल्लो भागको ढलानका लागि नगरपालिकाबाट रु तीन लाख मात्र छुट्याइएको उहाँले दाबी गर्नुभयो । वडा कार्यालयले भने दुई पटक गरी उपभोक्ता समितिलाई रु छ लाख उपलब्ध गराएको जनाएको छ । ढलानका लागि मेडिकल कलेजले दुई हजार किलोग्राम डण्डी र सिमेन्ट उपलब्ध गराएको बताइएको छ । 

अत्तरखेलबाट माकालबारी निस्कने सडक उपभोक्ता समिति अध्यक्ष टेकबहादुर बस्नेत सम्पर्कमा आउन चाहनुभएन । उक्त सडकका लागि वडा कार्यालयले रु १० लाख बजेट विनियोजन गरेको थियो । सो सडकको पनि ठाउँ ठाउँमा डण्डी देखिएर जीर्ण बनेको छ । गाउँघरकै सिंहदरबारले जनताको विकास निर्माणको सपना पूरा गर्ने आशा गरिए पनि खासै फरक नदेखिएको समता मानवअधिकार तथा नागरिक समाजका अध्यक्ष नोर्साङ शेर्पाले बताउनुभयो । 

“पहिले र अहिलेको काम गराइमा खास फरक छैन, विकास निर्माणका कामप्रति जनताको चासो अझै बढ्न सकेको छैन, पदमा बस्नेलाई जे गरे पनि हुन्छ, भन्ने भान परेको छ”– उहाँले भन्नुभयो । ढलान गरिएको सडक २२ दिनमा भत्किएपछि पानी पर्दा हिलो र घाम लाग्दा धुलोको समस्याबाट यहाँका बासिन्दा मुक्त हुन सकेका छैनन् । नगरपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति नेपाल गत वर्षको योजनामा समस्या आएपछि यसवर्ष असोज मसान्तमा सबै योजनाको लागत तयार गरी कात्तिकदेखि कार्यान्वनमा लैजाने निर्णय गरिएको बताउनुहुन्छ । 

“विकास निर्माणका काम पानी परेका बेला हतार हतारमा गर्ने गरिएकाले कात्तिकदेखि नै काम गर्ने गरी निर्णय गरिएको हो, चालु आर्थिक वर्षको असारमा विकास निर्माणका काम हुँदैनन्”–उहाँले भन्नुभयो । आर्थिक वर्षको ११ महिनासम्म चुपचाप बस्ने अनि अन्तिम महिनामा सबै काम सक्ने गलत संस्कृतिको अन्त्य नभएसम्म विकास निर्माणमा विनियोजन गरिएको बजेटको सदुपयोग हुन नसक्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो