Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

साँग्रिला डेभलपमेन्ट बैंकद्वारा १५ औ बर्षमा प्रवेशको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कार्तिक १३, काठमाण्डौ ।</b> सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १४ औं बर्ष सफलतापूर्वक पुरा गरि १५ औं बर्षमा प्रवेश गरेको छ । १५ औं बर्षमा प्रवेश गरेको उपलक्षमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत&nbsp; रक्तदान कार्यक्रम आयोजना गरेको छ ।<br></p><p>''रक्तदान जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाण्डौं, कलष्टर कार्यालयहरु, पोखरा र नेपालगञ्ज तथा शाखा कार्यालयहरु नारायणगढ र बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । नेपाल रेडक्रस सोसाईटीको सहयोगमा संचालित रक्तदान कार्यक्रममा बैंकका ग्राहक, संचालक, शेयरधनी, कर्मचारी, शुभचिन्तक तथा सर्वसाधारण रक्तदानमा सहभागी भएको बैंकले जनाएको छ। उक्त अवसरमा केन्द्रीय कार्यालय बालुवाटार काठमाण्डौमा ४५ प्वाइन्ट, कलष्टर कार्यालय पोखरामा १४२ प्वाइन्ट, नेपालगंजमा ८८ प्वाइन्ट, तथा शाखा कार्यालय नारायणगढमा २१ प्वाइन्ट, र बुटवलमा ३० प्वाइन्ट गरि कुल ३२६ प्वाइन्ट रगत संकलन गरि सम्बन्धित नेपाल रेडक्रस सोसाइटी कार्यालयलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।</p><p>मुलुकभर सातवटै प्रदेशमा गरि ६८ वटा शाखाहरुबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले १८ वटा ए.टी.एम. तथा ५ शाखाहरुबाट लकर सुविधा लगायत ६ वटा शाखा इकाइबाट&nbsp; लघुबित्त सेवा समेत प्रवाह गर्दै आईरहेको छ ।&nbsp;</p>