पढ्न करिब 2 मिनेट लाग्छ

मंसिर २४, काठमाडौं । हप्ताको दोस्रो दिन आज सोमबार रियाल, रिंगिट दिर्हाम लगायतका विदेशी मुद्राको भाउ बढेको छैन । कुवेती र बहराइन दिनारको भाउ भने केही पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रिदर ३० रुपैयाँ ९२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र बिक्रिदर २७ रुपैयाँ २७ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रिदर १० रुपैयाँ १० पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर ३ सय ७३ रुपैयाँ ७१ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ ७० पैसा र बिक्रिदर ३ सय ०१ रुपैयाँ २९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।