पढ्न करिब 2 मिनेट लाग्छ

पुस २५, काठमाडौं | बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ ।

आइतबार, सोमबार र मंगलबार लगातार भाउ घटेकोमा बुधबार भने विदेशी मुद्राको भाउ केही पैसाले बढेको हो । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ६३ पैसा तोकेको छ । मंगलबार डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा थियो ।

नेपाल राष्ट्र बैंकले बुधबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ०३ पैसा तोकेको छ । मंगलबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८१ पैसा तोकेको थियो ।

आज बुधबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा तोकिएको छ । हिजो कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा थियो ।

मंगलबारको तुलनामा बुधबार दिर्हाम दिनार र रिंगिटको भाउ पनि बढेको छ । युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ २० पैसा र बिक्रीदर २७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार १ को खरिददर ३६९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

हिजो मंगलबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ थियो भने मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १७ पैसा, कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९० पैसा रहेको थियो ।

त्यस्तै बहराईन दिनार १ को खरिददर २९७ रुपैयाँ १६ पैसा र बिक्रीदर २९८ रुपैयाँ ७५ पैसा तोकिएको छ । कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ तोकिएको छ ।

यस्तो छ सुची:-