माघ १४, काठमाण्डौ । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध भएका २७२ उद्योग तथा प्रतिष्ठानलाई सम्मान तथा प्रमाणपत्र वितरण गरेको छ। कोषमा आवद्ध हुन आवेदन दिएका ६२५ मध्ये प्रक्रिया पुगेका २७२ उद्योग तथा प्रतिष्ठानलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रमाणपत्र वितरण गरेका हुन् ।

प्रमाणपत्र वितरण गर्दै मन्त्री विष्टले सामाजिक सुरक्षा कार्यक्रम कार्यन्वयनका लागि छिट्टै खुल्ला प्रतिष्पर्धाबाट जनशक्ति भर्ना गरिने बताएका छन्। सामाजिक सुरक्षा कार्यक्रमका लागि दक्ष जनशक्ति अपुग भएकोले बजारीकरण गर्न थप जनशक्ती भर्ना गर्न लागिएको मन्त्री विष्टले बताए ।

कार्यक्रममा बोल्दै मन्त्री विष्टले सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने छुट कसैलाई नभएको बताए। उनले सरकार, रोजगारदाता र श्रमिक त्रिपक्षीय सहमतिमा सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएकोले अनिवार्य रुपमा कोषमा आवद्ध हुनमा सबैलाई आग्रह समेत गरे।

सरकारले ल्याएको योजनामा पुराना तथा नयाँ उद्यमीले पथ प्रदशकको भूमिका खेलेकोमा प्रमाणपत्र पाउनुहुने तपाइहरुलाई म धन्यवाद दिन चाहन्छु मन्त्री विष्टले भने “कोषमा आवद्ध हुन अनिवार्य छ तर बाटो कसले देखाउने फरक हो, आज तपाइहरुले अरुको लागि बाटो देखाईदिनु भएको छ।''

सरकारले छिट्टै विभिन्न क्षेत्रका उधमी तथा श्रमिक नेताहरुलाई छुट्टा छुट्टै बोलाएर सामाजिक सुरक्षा कार्यक्रम लागू गराउन द्रुत गतिमा छलफललाई निरन्तरता दिने मन्त्री विष्टले बताए। उद्योगी व्यवसायीका कुनै गुनासा समस्या तथा कठिनाई भए सुन्न मन्त्रलाय तयार रहेको उनले बताए।

सरकारले गत मंसिर ११ गते उत्सवको रूपमा सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरेको थियो । सो सामाजिक सुरक्षा योजनामा आवद्ध हुनका समयसीमा तोकेर सबै उद्योग प्रतिष्ठान तथा स्वरोजगार भएका सबैलाई आह्वान गरेको थियो ।