पढ्न करिब 2 मिनेट लाग्छ

फागुन २०, काठमाण्डौ | सोमबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र बहराइन दिनारको भाउ घटबढ भएको छैन । आइतबारकै मूल्यमा साट्न सकिन्छ । कुवेती दिनारको भाउ केही बढेको छ भने कोरियन वनको भाउ केही पैसा घटेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ १६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७६ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा तोकिएको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९२ पैसा छ ।

यस्तै आज सोमबार कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७४ रुपैयाँ ८८ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर ३ सय १५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७४ पैसा छ ।

सोमबार कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा रहेको छ ।