Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भूकम्पबाट क्षतिग्रस्त सम्पदा बस्ती पुनःनिर्माण गर्न बजेट विनियोजन

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २७, काठमाडौँ | भूकम्पबाट क्षतिग्रस्त छ सम्पदा बस्ती अध्ययनका लागि रु एक करोड २० लाख र पुनःनिर्माणका लागि रु ३० करोड बजेट विनियोजन भएको छ ।

काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ सम्पदा बस्ती अध्ययन गरिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले जनाएको छ । प्रत्येक बस्तीका लागि रु २० लाखका दरले बजेट विनियोजन गरिएको एकाइका आयोजना निर्देशक नवराज प्याकुरेलले बताउनुभयो । प्रत्येक बस्ती पुनःनिर्माणका लागि चालू आर्थिक वर्षभित्र रु पाँच करोड बजेट निकासा गरिएको उहाँले बताउनुभयो ।

उपत्यकाभित्रका खोकना (ललितपुर), बुङ्मती (ललितपुर) र साँखु (काठमाडौँ) का परम्परागत सम्पदा बस्तीका स्मारक, पाटी, धारा तथा अन्य संरचना पुनःनिर्माणका लागि बजेट विनियोजन भएको हो ।

उपत्यका बाहिर नुवाकोटको साततले दरबार स्क्वायर परिसर, गोरखाको गोरखा दरबार स्क्वायर तथा दोलखाको भीमेश्वर मन्दिर रहेको दोलखा बजार पनि यस कार्यक्रममा समेटिएको आयोजना निर्देशक प्याकुरेलले बताउनुभयो ।

“सम्पदा बस्तीका परम्परागत स्मारक, पाटी, धारा तथा अन्य पूर्वाधार पुनःनिर्माणमा बजेट खर्च हुनेछ, यसबाट मौलिक सम्पदाको संरक्षण हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन भई जीविकोपार्जनमा पनि टेवा पुग्नेछ”, उहाँले भन्नुभयो ।

भूकम्पबाट क्षतिग्रस्त विश्वसम्पदा सूचीमा परेका सात क्षेत्रको संरक्षण तथा विकासको अध्ययनका लागि पनि बजेट विनियोजन गरिएको आयोजनाले जनाएको छ । कार्यक्रमअन्तर्गत प्रत्येक क्षेत्रको अध्ययनका लागि रु २० लाख र विकासका लागि चालू आर्थिक वर्षभित्र रु पाँच करोड बजेट परिचालन हुनेछ ।

कार्यक्रमअन्तर्गत पशुपति क्षेत्र, चाँगुनारायण मन्दिर क्षेत्र, स्वयम्भूनाथ क्षेत्र र बौद्ध स्तूपा क्षेत्रको अध्ययन एवं विकासका काम हुनेछन् । उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौँका दरबार स्क्वायरको संरक्षण र संवद्र्धन यसैअन्तर्गत गरिनेछ । अध्ययन तुरुन्तै प्रारम्भ हुने र अध्ययनको प्रतिवेदनलगत्तै निर्माण शुरु हुने आयोजनाले जनाएको छ ।