Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बर्दियामा सडक खन्दा चाँदीका सिक्का फेला पर्यो !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत ८, धम्बोजी | बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्रामबारबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताउनुभयो ।&nbsp;<br></p><p>सडकलाई स्काभेटरबाट खन्दा करीब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीेले जनाएको छ । १३ आंैदेखि १७ औँ शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुनसक्ने प्रहरीले जनाएको छ ।&nbsp;</p><p>नयाँ मुलुक भएको बर्दियामा मुगल शासनकालमा चोरी डकैतीका त्रासले माटोमुनि ती सिक्का गाडिएको हुनसक्ने अनुमान गरिएको छ । चाँदीका केही सिक्का गाउँलेले लुकाएको पनि प्रहरीले जनाएको छ । तामा र चाँदीका सिक्का अनुसन्धानका लागि पुरातात्विक विभागमा पठाइएको प्रहरीले जनाएको छ । रासस</p>