पढ्न करिब 2 मिनेट लाग्छ

चैत ११, काठमाण्डौ | सोमबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ स्थिर छ । कोरियन वन भने केही पैसाले घटेको छ ।

आज सोमबार लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०७ पैसा र बिक्रीदर २७ रुपैयाँ २२ पैसा छ । यस्तै आज कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ८५ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४४ पैसा छ । यस्तै, आज सोमबार कोरियन वनको भाउ केही पैसाले घटेको छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ ।