पढ्न करिब 2 मिनेट लाग्छ

चैत १५, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दोस्रो पटक माग गरिएको रोजगार संयोजकका लागि लिइएका आवेदनबाट प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।

२ सय ६८ जना संयोजकका लागि ९ हजार ८ सय ७४ जनाको आवेदन परेको थियो । आवेदन परेका मध्येबाट योग्यता र अनुभवका आधारमा प्रारम्भिक सूचीमा परेका प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको श्रम मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ६६ जना शाखा अधिकृतका लागि १ हजार ३ सय ८७ जनाको आवेदन परेकोमा पहिलो चरणमा १ सय ९८ जना छनोटमा परेका छन् । यस्तै ५ जना नायब सुब्बाका लागि ८ सय ७२ जनाको आवेदन परेकोमा १५ जना छनोटमा परेका छन् ।

प्रदेश २ मा ४५ जना शाखा अधिकृत माग गरिएकोमा १ हजार ४ सय २२ जनाको आवेदन परेको थियो । त्यसमध्येबाट १ सय ३५ जना पहिलो चरणमा छनोट भएका छन् ।

प्रदेश ३ मा ३३ जना शाखा अधिकृतका लागि १ हजार ६ सय २० जनाको आवेदन परेको थियो । आवेदकहरु मध्येबाट ९९ जनालाई छनोट गरिएको छ भने ३ जना नायब सुब्बाका लागि ५०० जनाको आवेदन परेकोमा ९ जना छनोटमा परेका छन् ।

गण्डकी प्रदेशका लागि १४ जना शाखा अधिकृत माग गरिएकोमा ४ सय ७८ जनाले आवेदन दिएका थिए । तीमध्ये ४२ जना पहिलो चरणबाट छनोट भएका छन् । यस्तै एक जना नायब सुब्बाका लागि १ सय ५४ जनाले आवेदन दिएकोमा ३ जनालाई छनोट गरिएको छ ।

कर्णाली प्रदेशका लागि अधिकृत ४३ जना माग गरिएकोमा ७६२ जनाले आवेदन दिएका थिए ति मध्ये १२९ जना छनौटमा परेका छन् । त्यस्तै नायव सुब्बा तर्फ ११ जना माग गरिएकोमा ११ सय ३५ जनाले आवेदन दिएका थिए ति मध्ये ३३ जनाको नाम पहिलो चरणमा छनौट गरिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा ५१ जना शाखा अधिकृत माग गरिएकोमा १ हजार ३ सय २ जनाको आवेदन मध्येबाट १ सय ५३ जनाको सूची सार्वजनिक गरिएको छ । यस्तै एक जना नायब सुब्बाको पदका लागि २ सय ४२ जनाले आवेदन दिएकोमा ३ जना पहिलो चरणबाट छनोटमा परेका छन् ।

प्रारम्भिक छनोटमा पर्नेहरुको चैत २३ गते काठमाण्डौमा कम्प्युटरबाट परीक्षा लिइने मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको छनोट सूचीमा परेकाहरुको नामावली हेर्नुहोस ।