Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रङ्गशाला निर्माणको सहयोगार्थ दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २७, काठमाडौं | धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ ।

दुबई स्थित सम्पुर्ण संघसंस्थाहरुको आयोजनामा चितवन समाजको संयोजनमा यहि अप्रिल २६ तारिखका दिन कार्यक्रम हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले जानकारी दिएका छन् ।

ग्राण्ड एक्सेलसियर होटल, बर दुबईमा आउँदो अप्रिल २६ मा हुने कार्यक्रममा धुर्मुस सुन्तली सहित अन्य चर्चित कलाकारहरुको समेत उपस्थिती रहने छ । धुर्मुसले सामाजिक सञ्जाल फेसबुक मार्फत कार्यक्रम हुने जानकारी दिँदै दुबईमा रहेका नेपालीहरुलाई उपस्थितीका लागि अनुरोध समेत गरेका छन् ।