पढ्न करिब 1 मिनेट लाग्छ

चैत २९, काठमाण्डौ । वर्षको अन्तिम शुक्रबार सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाला सुन बिहीबार प्रतितोला ६० हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन प्रतितोला ५९ हजार ३ सय कायम भएको महासंघले जनाएको छ ।

चाँदी शुक्रबार तोलामा १० रुपैयाँ घटेर ७ सय २० रुपैयाँमा कारोबार भैहरेको छ ।