२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार दोहोरो अङ्कले वृद्धि

२०७६, ३ बैशाख मंगलवार १०:५६

चैत ३, काठमाडौं– धितोपत्र बजार आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमबार उकालो लागेको बजार आज पनि २३.३३ बिन्दुले बढेर एक हजार २१२.०५ बिन्दुमा पुगेको हो । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४८ बिन्दुले बढेर २६०।२४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार सङ्ख्या र रकममा समेत वृद्धि भएको छ । कूल १७० कम्पनीको २४ लाख ११ हजार ६५० कित्ता शेयर रु ७४ करोड २७ लाख १८ हजार ७५१ मूल्यमा खरीद बिक्री भयो । 

कारोवार भएका दश उपसमूहकै आज शेयर बढेको छ । बैंकिङ २९.४१, होटल १४, विकास बैंक २०.०२, जलविद्युत् ५.८९, वित्त १०.७४, निर्जीवन बीमा ४८.९२, उत्पादन २.४६, अन्य २.९३, लघुवित्त ३५.८ र जीवन बीमा ८०.१९ बिन्दुले बढेको छ । 

कारोवार रकमका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा पुगेको छ । उक्त बैंकको रु छ करोड ७० लाख ६० हजार ५६८, एनआइसिएशिया बैंक रु चार करोड ९८ लाख २१ हजार ६३९, प्रभु बैंक रु चार करोड ५८ लाख ७९ हजार ७०१, सिभिल बैंक रु तीन करोड ३२ लाख ९३ हजार ५५८, नेपाल बैंक लिमिटेड रु तीन करोड २४ लाख ९० हजार ७१५, कुमारी बैंक रु दुई करोड ७५ लाख ७४ हजार २८४, नेपाल क्रेडिट एण्ड कमर्स बैंक रु दुई करोड ३० लाख ९१ हजार १५९, साना किसान विकास बैंक रु दुई करोड २४ लाख २० हजार ४४० बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार आज श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका शेयरधनीले ६.६७ प्रतिशतले कमाए । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ६.५४, सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९६, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ५.५६, प्रभु बैंक ५.१८, सिद्धार्थ बैंकका शेयरधनीले ५.०५ प्रतिशतले कमाए । यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ३.२२ प्रतिशतले गुमाए । एभरेष्ट इन्स्योरेन्स कम्पनी २.३४, समुन्नती माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक २.३०, सिनर्जी पावरका शेयरधनीले  १.९० प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी