२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा उछाल, एकै दिन बढ्यो ३२ अङ्क

२०७६, ८ बैशाख आईतवार १२:३५

 वैशाख ८, काठमाडौँ । शेयर बजारले लय समातेको छ । नयाँ वर्षको शुरुआतसँगै आफ्नो गति समातेको बजारमा आज करीब ३२ अङ्कको सुधार देखिएको छ । 

कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने संवेदनशील परिसूचक ७.८४ विन्दुले बढेर २७३.४१ विन्दुमा पुगेको छ । कारोवार रकमसमेत आज अर्बमाथि पुगेको छ । 


स्टकका अनुसार कूल १७१ कम्पनीको ३३ लाख ७५ हजार १५३ कित्ता शेयर रु एक अर्ब तीन करोड ६९ लाख ३२ हजार ७३२ मूल्यमा खरीद–बिक्री भए । बजार पूँजीकरणमा समेत वृद्धि भई रु १५ खर्बमाथि पुगेको छ । कारोवार भएका कूल १० उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर घटेको छ । त्यसमा निर्जीवन बीमा ७.२२ र उत्पादन ११.९२ विन्दुले घटेका छन् । 

बैंकिङ ४५.९४, होटल ३४.८, विकास बैंक १६.९७, जलविद्युत् ८.८७, वित्त २.१३, अन्य ९.७, लघुवित्त २६.९१ र जीवन बीमा २२.२५ विन्दुले बढेका छन् । 

स्टकका अनुसार कारोवारका आधारमा आज वाणिज्य बैंक नै शीर्ष स्थानमा रहेका छन् । नेपाल बैंक लिमिटेडको रु १४ करोड ९४ लाख ५१ हजार ६५४, एनआइसी एशिया बैंक रु चार करोड ६० लाख ७६ हजार ९१, एनसिसी बैंक रु चार करोड ३१ लाख ३६ हजार ६६३, नेपाल इन्भेस्टमेन्ट बैंक रु चार करोड दुई लाख १२ हजार ८६१, सिभिल बैंक रु तीन करोड ९४ लाख ६२ हजार १२ बराबरको कारोवार भई शीर्षस्थानमा रहेका छन् । 

स्टकका अनुसार आज स्ट्याण्र्डड चार्टड बैंकका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । नेपाल एसबिआई बैंक ९.८९, स्वदेशी लघुवित्त वित्तीय संस्था ९.८६ हिमालयन बैंक ९.०२, अरुण काबेली पावरका शेयरधनीले ८.५९ प्रतिशतले कमाए । 

यस्तै वेस्ट फाइनान्स कम्पनीका शेयरधनीले ४.१६ प्रतिशतले गुमाउँदा नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४.०४, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.३३, नबिल इक्विटी फण्डका लगानीकर्ताले ३.११ प्रतिशतले गुमाए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी