पढ्न करिब 2 मिनेट लाग्छ

बैशाख १३, काठमाण्डौ – कोरियन वन बाहेक शुक्रबार सबै विदेशी मुद्राको भाउ बढेको छ ।

आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ११ पैसा र बिक्रीदर ११२ रुपैयाँ ७१ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११२ रुपैयाँ १० पैसा तोकेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा छ । बिहीबार खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९५ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा तोकिएको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा थियो ।

शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २५ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ०१ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा थियो ।

यस्तै शुक्रबार कुवेती दिनारको १ को खरिददर ३६८ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७० रुपैयाँ १४ पैसा तोकिएको छ । हिजो बिहीबार कुवेती दिनारको १ को खरिददर ३६६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ३९ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २९७ रुपैयाँ ४१ पैसा र बिक्रीदर २९९ रुपैयाँ छ । हिजो बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९७ रुपैयाँ ३१ पैसा थियो ।

यस्तै, आज कोरियन वनको मूल्य भने केही पैसाले घटेको छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ । हिजो वन एक सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको थियो ।