Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बङ्गलादेशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने : राजदूत आम्स

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ५, काठमाडौँ | नेपालका लागि बङ्गलादेशका राजदूत फास्फी विन्ते आम्सले आफ्नो देशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने बताउनुभएको छ ।

एभरेष्ट एजुकेशन फाउण्डेशन प्रालि विराटनगरले बङ्गलादेशका कम्पनीबाट उत्पादित स्टिल स्ट्रक्चर प्रविधिबाट बनाउँदै गरेको भवनको शनिबार यहाँ अवलोकन गर्दै राजदूत आम्सले पछिल्लो समयमा बङ्गलादेशले आर्थिक वृद्धिदर र विकासमा उत्कृष्ट कार्य गरेको जानकारी दिनुभयो ।

उहाँले प्रदेश नं १  र बङ्गलादेश एकअर्काबीच  पुलको रुपमा रहनसक्ने बताउनुहुँदै यसबाट यस क्षेत्रमा फाइदा लिन सकिन्छ भन्नुभयो । एभरेष्ट स्कूलले उच्च शिक्षा सञ्चालनका लागि २४ हजार स्क्वायर फिटमा नयाँ प्रविधियुक्त भवन बनाउन लागिपरेको फाउण्डेशनका अध्यक्ष विनोद ढकालले जानकारी दिनुभयो ।

उक्त विद्यालयले आगामी तीन महीनाभित्र ४२ कोठे भवन निर्माण गर्ने लक्ष्य राखेको छ । कम खर्चमै भूकम्पप्रतिरोधी र छोटो समयमा निर्माण गर्न सकिने विद्यालय भवन निर्माण गरिरहेको हिमालय प्रिफेव प्रालिका कार्यकारी निर्देशक नीलमणि सापकोटाले बताउनुभयो ।

बङ्गलादेशको म्याक डोनाल्ड स्टिल लिमिटेडका साइद अहमदले जापानको निप्पोन स्टिलबाट उत्पादित कच्चा पदार्थ प्रयोग गरी आधुनिक उपकरण प्रयोगबाट  विद्यालय निर्माण गरिने बताउनुभयो । रासस