Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सरकारले ९० अर्ब रकम सांसदलाई बाड्ने, एक सांसदलाई ६ करोड

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १५, काठमाडौं।  सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढाएको छ । सांसदलाई बजेट दिन नहुने आवाज उठिरहेको बेला सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट मार्फत ६ करोड पुर्याएको छ ।

यस अघि प्रत्यक्ष तर्फका सांसदले पाउँदै आएको ४ करोडलाई बढाएर ६ करोड पुर्याइएको छ । यसको खर्च गर्ने तरिकामा परिवर्तन गर्ने घोषणा अर्थमन्त्रीले गरेका छन् । सांसदलाई ६ करोड दिनका लागि ९० अर्ब बजेट छुट्याइएको अर्थमन्त्रीले जानकारी दिए ।