Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपाल स्टक एक्सचेन्जद्वारा पत्रकारहरुलाई पुँजी बजारसम्बन्धी प्रशिक्षण

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ ३१, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आर्थिक पत्रकारहरुका लागि पुँजी बजारसम्बन्धी प्रशिक्षण दिएको छ । आर्थिक पत्रकार संघ (नाफिज) को समन्वयमा पुँजी बजारका क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुका लागि नेप्सेले शुक्रबार एक दिने प्रशिक्षण दिएको हो ।

उक्त कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज र यसको कारोबार प्रणाली, पुँजीबजारका विषयमा समाचार लेख्दा ध्यान दिनुपर्ने कुरालाई प्रष्ट पारिएको थियो । प्रशिक्षण कार्यक्रममा विभिन्न सञ्चार माध्यमका ४० जनाभन्दा बढी आर्थिक पत्रकारहरुको सहभागिता रहेको थियो  ।

उक्त प्रशिक्षण कार्यक्रममा नेप्सेका वरिष्ठ आईटी अधिकृत प्रभाकर घिमिरेले 'Overview of fully Automated online Trading System of Nepal', कायम मुकायम सहायक प्रबन्धक मुराहरी पराजुलीले 'शेयर बजार र सूचना सम्प्रेषण' विषयमा  र कायममुकायम प्रबन्धक निरञ्जन फुयाँलले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा बोल्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपालको पुँजीबजारको विकास हुँदै गएको भन्दै हाल शेयर कारोबार गर्नका लागि कोहि पनि वन्चित हुनु नपर्ने बताए । नेप्सेले लगानीकर्तालाई दिएको तालिम भन्दा पत्रकारहरुलाई तालिम दिंदा त्यसले समाजमा प्रभाव धेरै पारेको भन्दै आगामी वर्षबाट मिडिया प्रशिक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउने उनले बताए  । सहि सूचना सम्प्रेषण दिन सकेमा सञ्चार माध्यमहरुको पनि विश्वशनीयता बढ्ने भएकोले सहि र तथ्यपरक सूचना उपलब्ध गराउनको लागि पत्रकारहरुलाई आग्रह गरे ।

पुँजीबजारको थप विकासका लागि नेप्सेले प्रयास जारि राखेको छ साउदले भने 'मार्जिक कारोबार प्रणाली लागू गर्न अन्तिम चरणमा पुगेका छौं, साथै आगामी आर्थिक वर्षभित्र फाइनान्सियल डेरिभेटिम मार्केट ल्याउन नेप्सेले पहल गर्नेछ ।'

नाफिजका अध्यक्ष सिताराम भट्टराईले पत्रकारहरुको क्षमता बढाउनकै लागि नेप्सेसंग सहकार्य गरि कार्यक्रम गरिएको बताए । उनले भने 'पत्रकारले समय मै सहि सूचना दिनुपर्ने हुन्छ, यसका लागि पत्रकारले मागेका आवश्यक जानकारी नेप्सेबाट सहझ ढंगले पाउन सकियोस ।'