Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कर्मचारीको क्षमता बढाउन तालिम प्रदायक निकायबिच सहकार्य हुने

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन १४, काठमाडौं । कर्मचारीहरुको क्षमता विकासमा असल अभ्यासको अवलम्बन गरी क्षमता विकासका कार्यक्रमहरुलाई प्रभावकारी वनाउन नेपाल सरकारका तालिम प्रदायक निकायहरुले सहकार्य गर्ने भएका छन् ।  सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र, ललितपुरको विशेष पहल र आयोजनामा  सोमबार नेपाल सरकार अन्तर्गत केन्द्रीय स्तरका तालिम प्रदायक निकायका प्रमुख एवं प्रतिनिधि पदाधिकारीहरुवीच एक छलफल कार्यक्रम एवं समन्वय बैठकले यस्तो निर्णय गरेका हुन् ।

तालिम प्रदायक निकायहरुले मोडुल निर्माण , पाठ्यक्रम निर्माण, प्रशिक्षार्थीले व्यवहारिक ज्ञान हासिल गर्न सक्ने किसिमको प्रवचन प्रारुप, अन्तरसम्बन्धित विषयहरुलाई तालिम कार्यक्रममा समावेश गर्न अनुभवको नियमित आदान प्रदान गरि आ आफ्ना तालिम कार्यक्रमहरुको प्रभाकारिता अभिवृध्दि गर्ने सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख दामोदर रेग्मीले जानकारी दिए । यसको अतिरिक्त तालिम प्रदायक संस्थाहरुवीच सम्पर्क संजाल बढाउने, एक अर्काका विभिन्न तालिम मोड्यूलहरु वारे जानकारी हासिल गर्ने, स्रोत व्यक्ति व्यवस्थापन लगायत तालिम सम्वद्ध विविध विषयहरुमा एक अर्कामा अनुभव आदानप्रदान गर्ने विषयमा छलफल केन्द्रित रहेको रेग्मीले बताए  ।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले गुणस्तर प्रमाण आइ एस ओ ९००१: २०१५ प्राप्त गरेपछि तालिम र यसका प्रकाशनलाई अन्तर्राष्ट्यि मान्यता अनुकुल वनाउन विभिन्न प्रयास गर्दै आएको छ । जसमा संघीय संरचना अनुरुप व्यवहारोपयेगी तालिम, रणनीतिक योजना निर्माण र गुणस्तरयुक्त क्षमता वृध्दिव्दारा आर्थिक सुशासनमा योगदान दिने जस्ता विषयहरु रहेका छन् ।  उक्त छलफल कार्यक्रममा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र, ललितपुरका तालिम प्रमुख दामोदर रेग्मी, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक गणेश प्रसाद भट्ट, नेपाल प्रशासनिक प्रशिक्षण केन्द्रका अध्ययन निर्देशक तुलसी शरण सिग्देल, कृषि सूचना तथा प्रशिक्षण केन्द्रकी प्रमुख निरु दाहाल पाण्डेय, नेपाल होटल व्यवस्थापन तालिम केन्द्रका संयोजक सूर्य किरण श्रेष्ठ र  हुलाक प्रशिक्षण केन्द्रकी  प्रशिक्षक सुधा रेग्मी लगायत सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्दका वरिष्ठ प्रशिक्षक एवं प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।