२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मलेसिया, कतार, युएई,साउदी, कुवेत र जापानको मुद्राको विनिमय दर घट्यो, हेर्नुहोस दररेट

२०७६, २९ भाद्र आईतवार ०२:३१

भदौ २९, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज मिति २०७६ भदौ २९ गते आइतबारको लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपयाँ १७ पैसा रहेको छ भने बिक्रि दर ११३ रुपयाँ ७७ पैसा नेपाली रुपयाँ रहेको छ । अघिल्लो साता आजकै दिन अमेरिकी डलरको खरिद दर १ अमेरिकी डलर बराबर ११४ रुपयाँ ४६ पैसा रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज अमेरिकी डलरको भाउ घटेको हो ।

हामीले नेपालीहरु बढी रहेका बिभिन्न देशलाई महत्व दिएर बिदेशी विनिमय दरको साप्ताहिक तुलनात्मक विनिमय दरको अपडेट गर्ने गरेका छौं । बिशेष गरि मलेसिया, कतार, युएई,साउदी अरव, कुवेत, कोरिया र जापानको मुद्राको विनिमय दर बारे तपाइले तुलनात्मक जानकारी प्राप्त गर्न सक्नुहुनेछ । 

मलेसिया 

आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली २७ रुपयाँ १८ पैसा र बिक्रीदर नेपाली २७ रुपयाँ ३२ पैसा रहेको छ ।

अघिल्लो साता (आजकै दिन) मलेसियाको पैसाको खरिद दर १ रिंगिट बराबर २७ रुपयाँ ३८ पैसा रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज मलेसियाको पैसाको भाउ केहि पैसाले घटेको हो । 

कतार

आज कतारको पैसाको खरिददर १ कतारी रियाल बराबर नेपाली ३१ रुपयाँ ८ पैसा ३१ रुपयाँ २५ पैसा रहेको छ ।

अघिल्लो साता (आजकै दिन) १ कतारी रियालको खरिद दर नेपालीमा ३१ रुपयाँ २६ पैसा रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज कतारको पैसाको भाउ  १८ पैसाले सस्तिएको हो । 

युएई 

आज युएई दिरामको पैसाको खरिददर १ दिराम बराबर नेपाली ३० रुपयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर नेपाली ३० रुपयाँ ९७ पैसा रहेको छ ।

अघिल्लो साता (आजकै दिन) युएईको पैसाको खरिद दर १ दिराम बराबर ३१ रुपयाँ १६ पैसा रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज युएईको पैसाको भाउ ५० पैसाले घटेको देखिन्छ । 

साउदी अरव

आज साउदी रियालको पैसाको खरिददर १ रियल बराबर नेपाली ३० रुपयाँ १७ पैसा तोकिएको छ भने बिक्रीदर नेपाली ३० रुपयाँ ३३ पैसा तोकिएको छ ।

अघिल्लो साता (आजकै दिन) साउदीको पैसाको खरिद दर १ रियाल बराबर ३० रुपयाँ ५१ पैसा तोकिएको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज साउदी अरवको पैसाको भाउ केहि पैसाले घटेको देखिन्छ । 

कुवेत

आज कुवेतको पैसाको खरिददर १ दिनार बराबर नेपाली रुपयाँ ३७२ रुपयाँ ४६ पैसा र बिक्रीदर नेपाली ३७४ रुपयाँ ४३ पैसा रहेको छ ।

अघिल्लो साता (आजकै दिन) कुवेतको पैसाको खरिद दर १ दिनार बराबर ३७६ रुपयाँ ६४ पैसा रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज कुवेतको पैसाकोको भाउ ४ रुपयाँ १८ पैसाले घटेको देखिन्छ । 

साउथ कोरिया

आज साउथ कोरियाको पैसाको खरिददर १०० वन बराबर नेपाली  ९ रुपयाँ ६१ पैसा र बिक्रीदर नेपाली ९ रुपयाँ ६६ पैसा रहेको छ ।

अघिल्लो साता (आजकै दिन) साउथ कोरियाको पैसाको खरिद दर १०० वन बराबर ९ रुपयाँ ६० पैसा रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज दक्षिण कोरियाको पैसाकोको भाउ भने १ पैसाले मात्र बढेको देखिन्छ । 

जापान

आज जापानको पैसाको खरिददर १ एन बराबर नेपाली १० रुपयाँ ४८ पैसा र बिक्रीदर नेपाली १० रुपयाँ ५४ पैसा रहेको छ ।

अघिल्लो साता (आजकै दिन) जापानको पैसाको खरिद दर १० एन बराबर १० रुपयाँ ७१ पैसा रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज जापानको पैसाकोको भाउ २३ पैसाले घटेको देखिन्छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । 

आजको विनिमय दर पुरा हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि