Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनआरएनएको युरोप क्षेत्र सह संयोजकमा शुक्रराज न्यौपानेको उम्मेद्वारी

२०७६, २९ आश्विन बुधबार ०३:२२

असोज २९, काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए) को युरोप क्षेत्र सह -संयोजकमा शुक्रराज न्यौपानेले उम्मेद्वारी दिएका छन् । गैरआवासीय नेपाली अभियानमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै संघलाई 'हामी सबैको साझा संस्था हो' भन्ने अनुभूति गराउनका लागि युरोप क्षेत्र सह संयोजकमा उम्मेवारी दिएको उनले बताए ।  

विशेष गरि युरोप क्षेत्रमा लोकप्रिय मानिएका न्यौपानेले पर्यटन प्रबर्धन गरी नेपालको आर्थिक विकासमा सुधार गर्ने उदेश्यका उम्मेद्वारी दिएको बताएका छन् । आयरल्याण्डमा बस्दै आएका न्यौपानेले एनआरएनको गतिविधिमा विगत लामो समयदेखि सक्रिय रहेका छन् । 


संघको हिजोबाट शुरु भएको नवौं विश्व सम्मेलन अन्तर्गत आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । आज विहान ८ बजेबाट शुरु भएको मनोनयन प्रक्रिया संगै २ बजेबाट मतदान हुँदैछ । करिब २६ सय भन्दा बढी मतदाताहरुले विधुतीय प्रणालीबाट गर्ने मतदानको मतपरिणाम आज नै घोषणा हुनेछ । 'म, मेरो एन आर एन ए र मेरो नेपाल' मूल नाराका साथ शुरु हुने सम्मेलनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । सहमतीय प्रयासमा नेतृत्व चयन प्रक्रिया हुन सम्भव नभएपछि अन्तत: कुल १२ पदमा ४२ जनाको लागि निर्वाचन हुने देखिएको छ। संघको विश्व सम्मलेनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ । 

अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य बीच प्रतिष्पर्धा हुँदैछ । यस्तै ४ उपाध्यक्ष पदको लागि डा. बद्री केसी, हिक्मत थापा, सोनाम लामा, धर्मराज अधिकारी, अर्जुन श्रेष्ठ, मन केसी, थर्क सेन, डा. केशव पौडेल, किरण बिक्रम थापा, रविना थापा लगायतले आकांक्षा देखिएका छन् । एक महिला उपाध्यक्षको लागि सपिला राजभण्डारीले उम्मेदवारी दिने तयारी गरेकी छन् ।

महासचिव पदमा यसअघि चर्चामा आएका डिबी क्षेत्री र डा. केशव पौडेल पछि हटे पछि संघका पूर्व प्रवक्ता डा. हेमराज शर्मा र जानकी गुरुङ बीच भिडन्त हुने भएको छ । सचिव पदको लागि गौरी राज जोशी, शिव वरुवाल, आरके शर्मा, दीपक ओली, सुस्मा राई लगायतले उम्मेदवारी दिने भएका छन् ।

कोषाध्यक्षमा जापानस्थित सफल व्यवसायी महेश श्रेष्ठ, युवा संयोजक सुदन थापा र सोम सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । सहसंयोजकमा लोकमणि दाहाल र गोविन्द गौतमले उम्मेदवारी दिने तयारी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै