Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विश्व भोकमरी सूचकांक २०१९ मा नेपाल ७३ औं स्थानमा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज २९, काठमाडौं । ग्लोबल हंगर इन्डेक्स (विश्व भोकमरी सूचकांक) मा नेपाल गत वर्ष भन्दा एक स्थान तल झरेको छ । ग्लोबल हंगर इन्डेक्सले सार्वजनिक गरेको २०१९ को सूची अनुसार विश्वका एक सय १ सय १७ देशमध्ये नेपाल ७३ औं स्थानमा परेको छ । सन् २०१६ देखि २०१८ सम्म नेपाल निरन्तर ७२ औं स्थानमा रहेको थियो ।

विश्वव्यापी रुपमा पोषण र खाद्य अवस्थाको विश्लेषण गर्ने ग्लोबल हंगर इन्डेक्स (विश्व भोकमरी सूचकांक) २०१९ ले यो सूची सार्वजनिक गरेको हो । दक्षिण एसियाली मुलुकमध्ये श्रीलंका ६६, बङ्गलादेश ८८, पाकिस्तान ९४, भारत १०२ र अफगानिस्तान १०८ नम्बरमा रहेका छन् । भारतलाई पाकिस्तान, बंगलादेश तथा श्रीलङ्काले समेत उछिनेका छन्। ग्लोबल हंगर इन्डेक्सको पछिल्ला ५ वर्षको तथ्यांकअनुसार भारतमा हरेक वर्ष भोकमरी बढिरहेको छ। भारत सन् २०१४ को सूचीमा ५५ औं स्थानमा थियो भने २०१५ मा ८०, २०१६ मा ९७ र २०१७ मा १०० औं नम्बरमा परेको थियो।

विश्वका विभिन्न देशमा खाद्यान्न तथा पोषणको स्थिति सर्वेक्षण मार्फत खासगरी कुपोषण, शिशुहरूको पोषण अवस्था, शिशु तथा बाल मृत्युदर तथा शिशुको वृद्धि विकासलाई मापन गरेर विश्व भोकमरी सूचकांक रिपोर्ट तयार हुने गर्दछ ।

२०१९ को यो नयाँ सूचीअनुसार पहिलोमा उरुग्वे, दोश्रोमा यूक्रेन, तेश्रोमा टर्की परेको छ । सबैभन्दा अन्तिम ११७औं देशमा अध्य अफ्रिकी गणराज्य रहेको छ।