Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

होराइजन अपार्टमेन्ट: दुनियाले देखेको बेथिति सरकारी निकायले देखेन

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ २२, काठमाडौँ | काठमाडौँको प्राय सबै ठाउँबाट नियाल्न सकिने यो टोखा नगरपालिकामा पर्ने धापासी हाइटको होराइजन अपार्टमेन्ट हो । तर यो कति खेर भत्कन्छ भन्न सकिन्न ।

हुन पनि यो अग्लो भवनमा २०७२ सालको महा-भूकम्पपछि बस्ननै नमिल्ने गरि भत्किएपछि 'झुल' हालेर राखिएको छ । यसका चारै दिशामा बसोवास छ, उनीहरुलाई यो अपार्टमेन्टले कतिखेर आएर थिच्छ कि भन्ने दिनरातको त्रास छ । निर्माण सम्पन्न भएको दुई बर्ष नबित्दै भूकम्पले चर्काएपछि यो भवनको भत्किएका भागबाट अझै पनि टुक्राटाक्री खसिरहन्छन् ।

यतिका समयसम्म पनि यो भवन नभत्कनुमा निर्माण कम्पनी र स्थानीय तथा माथिल्लो तहमा रहेका जिम्मेवार अधिकारीकै मिलिमतो रहेको आरोप स्थानीयको छ । स्थानीयलाई ११ तलाको भवन निर्माण गर्ने भनी भनेर सम्झौता समेत त्यसै अनुसार गरि यो भवन पछि १७ तलाको बनाईएको थियो ।

स्थानीयले बिभिन्न निकायमा गई निर्माण कम्पनी विरुद्ध बोल्दा कसैले उनीहरुको कुरा सुनुवाई गरेन । तात्कालिन गाविस अधिकारी तथा माथिका सरकारी अधिकारीलाई समेत घुष खुवाएर ११ तलाको बनाउने भएर १९ तलाको बनाएको स्थानीयले आरोप लगाउने गरेका छन् । स्थानीयले भूकम्पपछि क्षेतीग्रस्त बनेको अपार्टमेन्ट भत्किने त्रासले पटक पटक दवावमुलुक आन्दोलन पनि गरेका छन् तर प्रहरीको सहयोग र गुण्डाहरुको समेत सहयोगमा निर्माण कम्पनीले स्थानीयलाई दवाबमा राख्दै आएको छ ।

बस्न नमिल्ने भन्दै रातो स्टिकर टासिएको अपार्टमेन्टमा अझै पनि निर्माण कम्पनीले पुनर्निर्माण गर्ने दाऊ गरेको स्थानीयले बताउँछन् । एक स्थानीयले बताए 'उनीहरुसँग पावर छ, पैसा छ जे पनि गर्न सक्छन् तर हामी कुनै पनि हालतमा यो अपार्टमेन्ट यही स्थितिमा पुनर्निर्माण हुन दिदैनौं ।'

यस सम्बन्धि गत बर्षको भिडियो रिपोर्ट हेर्नुहोस्