पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन ४, काठमाडौँ </b>| आज सुनको मुल्य बढेको छ | प्रतितोला रु ५ सय बढेर आइतबार ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ | यसअघि सुन गएको पुस २३ गते नयाँ रेकर्ड बनाउँदै तोलाको साढे ७६ हजार रुपैयाँमा कारोबार भएको थियो |<br></p><p>माघ महिनामा घटबढ हुँदै आएको सुनको भाउ माघ १९ र २० गते तोलाको साढे ७६ हजार रुपैयाँ सुनको भाउ पुगेको थियो | फेरी फागुनको महिना पनि उकालो लागेर उक्त मुल्य भेटाएको छ | आज चाँदीको मुल्य प्रतितोला ८सय ८५ कायम भएको छ |</p><p>चीनमा कोरोना भाइरस फैलिएसँगै अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले अझै बढ्न सक्ने आशंका गरिएको छ |</p>

