<p><b>फागुन ५, काठमाण्डौ |</b> आज सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ |<br></p><p>कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ७३ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ५० पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा तोकेको छ |</p><p>यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५६ पैसा रहेको छ |</p>
February 17, 2020
अर्थ/विकास, काठमाडौँ - KTM
आज मलेसिया,कतारको भाउ घट्यो,दुबईको बढ्यो
By साझासवाल
2 मिनेट पढाइ










